Techie IT
सोमबार, असोज १५,२०८०

गेटा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कायम गरि पर्याप्त बजेटको माग गर्दे एमाले सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटिको प्रर्दशन


कैलालीमा बन्ने देशकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई कायम गरि पर्याप्त बजेटको ब्यवस्था गर्ने माग गर्दे आज काठमाडौको माइतिघरमा प्रर्दशन गरिएको छ ।
नेकपा एमाले सुदुरपश्चिम प्रदेश सम्पर्क  कमिटिको आयोजनामा आज माइतिघरमा प्रर्दशनी भएको हो ।

प्रर्दशनीमा नेकपा एमालेका नेता लेखराज भट्ट ,सचिव छबिलाल बिश्वकर्मा , पार्टीका केन्द्रिय सदस्यहरु , युवा , बिध्यार्थी , प्रदेश कमिटिका पदाधिकारीहरु तथा सदस्यहरु , बिभिन्न जिल्ला कमिटिका पदाधिकारीहरु , जनसंगठनका नेता कार्यकर्ताहरुको उपस्थीती रहेको सुदुरपश्चिम प्रदेश कमिटिका सचिवालय सदस्य डि.बी साउदले बताए ।

नेपाल सरकारको लगानीमा निर्माण भएको गेटा पश्चिम नेपाल कै स्वास्थ्य शिक्षाका क्षेत्रमा कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई गेटालाई विश्वविद्यालयमा रुपान्तरण गर्न आवश्यक तयारी थाल्ने मन्त्रिपरिषद्ले निर्देशन दिएको थियो तर हाल बिविध कारणले सो प्रकृया अन्योलमा परेको छ ।

विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले कैलालीमा चरणबद्ध आन्दोलन गरिरहेको छ। गेटामा विश्वविद्यालय स्थापनाका लागि संसदमा विधेयक पेश नहुँदासम्म आन्दोलन गरिने संघर्ष समितिका संयोजक लोकराज पण्डे (आगो) ले बताएका छन्। उनले आन्दोलनमा एक्यवद्धता जनाउन सम्पूर्ण प्रदेशवासीलाई आग्रह गरेका छन्।

 

 

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #गेटा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
21°
Light Rain
5:56 am5:49 pm +0545