Techie IT
सोमबार, असोज १५,२०८०

ललितपुरको गोदावरीमा पहिलोपल्ट होमस्टे तालिम सुरु


ललितपुरको गोदावरीमा पहिलोपल्ट होमस्टे तालिम सुरु गरिएको छ । पर्यटन व्यावसायको प्रचुर सम्भावना रहेको गोदावरीमा सधै आन्तरिक पर्यटकको घुइचो हुन्छ ।

तर यस क्षेत्रमा होमस्टे व्यवसायमा चासो पुगेको देखिदैन। पुर्वाधार र ज्ञानको अभावमा होम स्टे व्यवसाय सञ्चालन गर्न सकिने र स्थानीयस्तरमा दिगो रोजगारी श्रृजना हुन सक्ने सम्भावना रहेको गोदावरी सरोकारद्वारा आयोजित तालिममा गोदावरी नगरपालिका वडा नम्बर ३ को सहयोग रहेको संस्थाकी अध्यक्ष बेबी राजभण्डारीको भनाई छ ।

उनले गोदावरीमा पर्याप्त पर्यटक आइरहेको सन्र्दभमा यसको लाभ ग्रामिण क्षेत्रमा बसोबास गर्ने स्थानीयले लिन आफूहरुले बाटो देखाउन लागेको बताइन् । भनिन्, होमस्टे सञ्चालन गरेर यहाँका स्थानीयले रोजगारी श्रृजना गरि जीवनमा परिवर्तन ल्याउन सक्छन् ।
अध्यक्ष राजभण्डारीका अनुसार तालिमलाई उपलव्धिमुलक बनाउन तालिममा प्रशिक्षार्थीहरूलाई होमस्टे सञ्चालन भइरहेको स्थल अवलोकन लागि बन्दिपुर लैजाने कार्यक्रम समित राखिएको छ । त्यस क्रममा होम स्टे सञ्चालकहरूसग अन्तर्कृया हुनेछ । होमस्टे सञ्चालनका लागि गोदावरीमासैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु समेत हुनेछन् । तलिममा ११ जना सहभागी छन् ।

तालिममा होम स्टे संचालनको प्रकृया, अतिथि सत्कार,स्थानीय परिकारहरूको निर्माण, स्थानीय पर्यटकीय स्थलहरूको प्रबर्द्धन तथा साँस्कृतिक गतिविधिहरूका बारेमा तालिम दिईने प्रशिक्षक डाक्टर आनन्द घिमिरेले बताएका छन् । तालिममा महिला उद्यम सम्बन्धि प्रशिक्षण भने शान्ता शाक्यले दिनेछिन् ।

तालिमको उद्घाटन कार्यक्रममा वडाध्यक्ष राज घिमिरेले आफ्नो वडालाई देशकै उत्कृष्ट नमुना पर्यटकीय वडा बनाउने उद्देश्य अनुरूप पौडोल निवासी तामाङ महिलाहरूका लागि महिला उद्यम तथा होम स्टे तालिम सुरु गरिएको बताए । गोदावरीको मौलिक खाना, तामाङको सत्कार र घुम्नका लागि सम्पदा क्षेत्र पर्यटकका लागि आकर्षण हुने वडाध्यक्ष घिमिरे बताउँछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #गोदावरीमा पहिलोपल्ट होमस्टे तालिम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
21°
Rain
5:56 am5:49 pm +0545