प्रेस काउन्सिल अध्यक्ष बस्नेतविरुद्ध आरोप झुठो भएको पुष्टि, अफवाह फैलाउनेविरुद्ध कारवाहीका लागि अदालत जाने

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध तथ्य र आधारहीन ढंगले आक्षेप लगाई उजुरी परेको देखिएको छ ।
केही दिन अघि उनीविरुद्ध साइबर ब्यूरोमा साइबर सम्बन्धी उजुरी परेको थियो ।
अध्यक्ष बस्नेतले चलाउने मेसेन्जरबाट अस्वभाविक ढंगले कल, मेसेज गएको भन्दै उजुरी परेको थियो । त्यसमाथि भएको अनुसन्धानले त्यस्तो कुनै तथ्य, प्रमाण नभेटिएको ब्यूरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए ।
ुउजुरीमा भनेजस्तो, आक्षेप लगाइएको कुरालाई पुष्टि गर्ने कुनै तथ्य, आधार र प्रमाण भेटिएन, प्रवक्ता रायले बताए ।
आफूले चलाउने फेसबुकमा केही दिन प्राविधिक समस्या भएको, सोही बीचमा भएका कल, मेसेजको बारेमा बस्नेतले प्रहरीको साइबर ब्यूरो र सार्वजनिक रुपमा समेत जानकारी गराएका थिए ।
सोही बीचमा रातको समयमा आफ्नो मेसेन्जरमा अपशब्द प्रयोग भएकोले कारवाही माग गर्दै बस्नेत विरुद्ध उजुरी परेको थियो ।
तर, उजुरीकर्ताको फेसबुक एकाउण्ट शंकास्पद रहेको, उजुरीमा दावी गरे अनुसार शब्द प्रयोग नभएको, उजुरीकर्ताको मेसेन्जरबाटै पहिलो कल गएको अनुसन्धानमा देखिएको प्रहरी स्रोतले जानकारी दियो । त्यस्तै, बस्नेतले चलाउने मेसेन्जर दुरुपयोग गरी उजुरीकर्तासँग कसैले ५ हजार रुपैयाँ मागेको देखिएको तर, सो कुरा उनले उजुरीमा उल्लेख नगरेकाले झन् शंका बढाएको स्रोतको दावी छ ।
यसैबीच, आफूविरुद्ध अनाहकमा सामाजिक सञ्जालमा अफवाह फैलाईएको विषयमा काउन्सिल अध्यक्ष बस्नेतले मंगलबार राजधानीमा उपलब्ध बोर्ड सदस्यहरुसहित बैठक बोलाएर सुझाव लिएका छन् । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, बोर्ड सदस्यहरु दिपक पाण्डे, ठाकुरप्रसाद बेल्वासे, शरद अधिकारीसहित भएको आकस्मिक बैठकमा बस्नेतले अहिलेसम्मका सबै घट्नाक्रमबारे सविस्तार सुनाएको एक सदस्यले जानकारी दिए ।
तथ्य पुष्टि नभई व्यक्तिको चरित्रहत्या र मानमर्दन हुने गरी प्रचार प्रसार गर्ने, सामाजिक सञ्जालमा अपशब्द र गालीगलौज गर्नेविरुद्ध कानुनी लडाईँबारे उनले अवगत गराएका थिए । ती सदस्यका अनुसार अध्यक्ष बस्नेत आफू विरुद्ध अफवाह फैलाउनेलाई हदैसम्म कारवाही माग गर्दै न्यायका लागि अदालती प्रक्रियामा जुटेका छन् ।
मंगलबार अबेरसम्म ३३ जना कानुनव्यवसायीले मुद्धामा सहयोगका लागि वकालतनामा को प्रतिवद्धता दिएको उनले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालकृष्ण बस्नेत
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्