गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार

काठमाडौ । गोगंबु चोकमा नसालु पदार्थ खुवाएर एक महिला माथी बेहोस अवस्थामा जवरजस्ती गर्ने खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । आज साँझ ५ बजे गोगबुचोकमा बि ए सी ७४२० नम्बरको ब्रेजा गाडी भित्र नसालु पदार्थ खुवाएर करिव ५० बर्षकी महिलालाई बेहोसी बनाई गाडीभित्रै जवरजस्ती गर्ने खोज्ने चालकलाई प्रकाउ गरेको हो ।
बाटो हिड्ने बटुवाहरुले सो मोटरभित्र महिला माथी अनैतीक क्रियाकलाय गरेको देखेपछि टोखा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामभक्तm घिमिरेलाई खवर गरेका थिए , तत पश्चात घिमिरेले संवाभित हुनसक्ने घटनालाई नियन्त्रणमा राखी प्रहरीलाई जिम्मा लगाएका हुन ।
प्रहरी प्रभाग बसपार्कका अनुसार महिला पूर्ण रुपमा अचेत रहेको र चालक पनि लागु औषधले होस गुमाएको अवस्थामा प्रकाउ गरिएको छ । हाल महिलालाई उपचारका लागि अस्पताल लगिएको छ भने सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्