Techie IT
शनिबार, मंसीर २०,२०७७

तारकेश्वर डाँडागाउँमा बिजुलीको पोलमा करेन्ट सर्ट हुदाँ बालकको मृत्यु


पुकार तिमलसिना

काठमाडौं,बैशाख २० – विजुलीको पोलमा करेन्ट सर्ट हुदाँ काठमाडौंमा एक बालकको निधन भएको छ । तारकेश्वर न.पा ८ डाँडागाउँमा बिजुलीको पोलमा करेन्ट सर्ट भएर नुवाकोटका १० वर्षीय प्रदिप अधिकारीको निधन भएको प्रहरीले जनाएको छ ।

नुवाकोट जिल्ला तादी गाँउपालिका वडा नं ५ स्थायी घर भएका अधिकारी परिवारको साथ डाँडागाउँमा बस्दै आएका थिए । विजुलीको मेन लाईनवाट पल्टिङमा लैजानको लागि प्रयोग गरिएको पोलमा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थालमै ज्यान गएको हो । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बालकको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545