स्थानीय पाठ्यक्रम निर्माण

भक्तपुर, १९ वैशाख (रासस) ः मध्यपुरथिमि नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेको विद्यालयका आधारभूत तहको पाठ्यक्रम निर्माण गरेको छ । उक्त नगरपालिकाको स्थानीय पाठ्यक्रम निर्माण समितिले आयोजना गरेको स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यशाला गोष्ठीमा पाठ्यक्रमको अन्तिम रुप दिइएको थियो थियो । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाभित्रका कक्षा १ देखि ८ सम्मका आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीका लागि स्थानीय विषयवस्तु समेटेर ‘मध्यपुरथिमि म्हसिका’ अर्थात् मध्यपुरथिमिको परिचय नामकरण गरी पाठ्यक्रम तयार पारिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मध्यपुरथिमिको भौगोलिक अवस्थिति, इतिहास, पर्यावरण, कला, सम्पदा, प्रचलित स्थानीय संस्कार, संस्कृति, स्थानीय बोलीचाली, नेपाल भाषाको प्रचलित लिपि, रञ्जना लिपि, परम्परागत पेशा, व्यवसाय, स्थानीय सीप प्रबिधि र स्थानीय उपचार विधि समावेश गरेर पाठ्यक्रम निर्माण गरेका छौँ ।” नेपालका स्थानीय तहमध्ये आफ्नै स्थानीय पाठ्यक्रम लागू गर्ने मध्यपुरथिमि नगरपालिका दोस्रो नगरपालिका बनेको बताउँदै उहाँले नयाँ पाठ्यक्रमलाई आगामी जेठ १ गतेदेखि कक्षा एक देखि छसम्म मध्यपुरभित्र रहेका १८ सार्वजनिक र ५२ वटा सामुदायिक गरी ७० वटा विद्यालयमा लागू गरिने बताउनुभयो ।
त्यसपछि क्रमैसँग अन्य कक्षामा पनि स्थानीय पाठ्यक्रम लागू गर्दै लैजाने योजना रहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । स्थानीय पाठ्यक्रम प्रयोगात्मक शैलीमा अध्यापन गराइनेछ । पाठ्यक्रम निर्माणका लागि नगरपालिकाले शिक्षाविद् एवं प्राध्यापक रामकृष्ण दुवालको संयोजकत्वमा बालप्रमी स्कूलका प्रधानाध्यापक चरणकेशरी श्रेष्ठ र अमिनिटी स्कूलका प्रिन्सिपल सूर्यबहादुर भण्डारी सदस्य रहने गरी स्थानीय पाठ्यक्रम निर्माण समिति गठन गरेको थियो । उक्त समितिले निर्माण गरेको पाठ्यक्रममा पटक पटक विज्ञहरुसहितको छलफलपछि आज आयोजित कार्यशालामा अन्तिम रुप दिएको हो । कार्यशालामा प्रा डा प्रकाशमान नानी श्रेष्ठ, धर्मसुन्दर वज्राचार्य, इञ्जिनीयर राजेन्द्र श्रेष्ठ, बुद्धिकुमार द्योलगायले सुझावसहितको टिप्पणी गर्नुभएको थियो । पाठ्यक्रम सैद्धान्तिक र प्रयोगात्मक स्वरुपमा रहने गरी १२८ पाठ्यसामग्री समेटेर निर्माण गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #स्थानीय पाठ्यक्रम
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्