एमालेले आजदेखि स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं, १२ जेठ । नेकपा (एमाले)ले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई आजबाट प्रशिक्षण दिने भएको छ ।
एमालेले आज र भोलि दुई दिन स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो ।
स्थानीय तहमा बजेट बनाउनुअघि पार्टीका तर्फबाट आवश्यक सल्लाह, सुझाव र निर्देशन दिन जनप्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको एमालेले जनाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सञ्चालन हुने प्रशिक्षणमा अध्यक्ष ओलीसँगै पार्टीका नेता र विभिन्न विषयविज्ञले प्रशिक्षण दिने कार्यक्रम छ ।
पार्टीको केन्द्रीय स्कुल विभाग र स्थानीय विकास विभागको संयुक्त आयोजनामा ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा हुने प्रशिक्षणमा एमालेबाट स्थानीय तहमा निर्वाचित स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको सहभागिता रहनेछ ।
प्रशिक्षणको उद्घाटन सत्रमा आज अध्यक्ष ओलीले सम्बोधन र दिशानिर्देश गर्नेछन् । समापनमा कार्यक्रममा महासचिव शंकर पोखरेलले समसामयिक राजनीतिक परिवेश र स्थानीय तहका जनप्रतिनिधिहरूबाट पार्टीको भूमिका विषयमा सम्बोधन गर्नेछन् ।
यसैगरी, जनप्रतिनिधिहरूलाई स्थानीय तहको ठाडो र तेर्सो अन्तर सम्बन्ध, समन्वय र साझेदारी तथा पार्टीको भूमिका विषयमा उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षित गर्ने कार्यक्रम रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्