आउँदो बुधवार र बिहीवार देशभर हावाहुरी, चट्याङ र असिनापानीको सम्भावना

काठमाण्डाै – आउँदो बुधवार र बिहीवार अर्थात् यही जेठको १० र ११ गते देशभर हावाहुरी, चट्याङ र असिनापानीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावले बुधवार र बिहीवार हावाहुरी र वर्षाको सम्भावना रहेको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । जेठ १० गते सुदूरपश्चिमबाट प्रवेश गर्ने जलवाष्पयुक्त वायु देशभरि नै फैलिएर दुई दिनसम्म प्रभाव पार्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
तीव्र गतिको हावाहुरीको सम्भावना भएको हुँदा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बढी सावधानी आवश्यक रहेको उहाँले बताउनुभयो । भारतको मौसम विभागले राजस्थानबाट उत्तराखण्डसम्म जेठ १० र ११ गतेको लागि अलर्ट जारी गरिसकेको छ । राजस्थानबाट उत्तराखण्डसम्म प्रभाव पार्ने प्रणालीकै असर नेपालमा पनि देखिन लागेको हो ।
हावाहुरीका कारण रुख लगायत अरु कमजोर संरचनाहरु ढल्न सक्ने भएकोले सावधानी अपनाउन जलवायु एवम् विपद् विज्ञ उप्रतीको सुझाव छ । चट्याङ समेत पर्ने भएकाले बिजुली चम्किँदा पोखरी, ताल वा बाथरुममा समेत नबस्न, घर बाहिर ननिस्कन र फलामजन्य वस्तु नछुन उहाँको सुझाव छ ।
मौसम पूर्वानुमान् महाशाखाले पनि जेठ १० गते देशका धेरैजसो ठाउँमा बदलीसहित वर्षा र चट्याङको सम्भावना रहेको उल्लेख गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चट्याङ र असिनापानी, #हावाहुरी
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ३बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ४प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ५गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ६टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ७विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ८राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
तपाईको कमेन्ट लेख्नुहोस्