मनमैजुका हालसावी पीडित सङघर्ष समितिद्धारा मालपोत, नापी मेयर सहित सांसदलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । काठमाडौंका मनमैजुका हालसावि पीडितहरुले आफ्नो घर/जग्गा हालसावी गरिपाउँ भन्दै मनमैजु मालपोत, नापी कार्यालय, राष्ट्रिय न्यायिक प्रतिष्ठान र तारकेश्वर नगर प्रमुखलाई बुझाएका छन् ।
सङ्घर्ष समितिका अध्यक्ष रामचन्द्र श्रेष्ठको नेतृत्वमा काठमाडौं क्षेत्र नं. ६ का प्रतिनिधि सभा सदस्य माननीय शिशिर खनाल, बागमती प्रदेश सभा सदस्य अमन मास्के, संघीय लेखा समितिका सदस्य तथा प्रतिनिधि सभा सदस्य अर्जुन नर्सिङ केसी र नागरिक उनमुक्ति पार्टीका संरक्षक रेशम लाल चैाधरीलाई समेत पीडितहरुले ज्ञापन पत्र बुझाएको सङ्घर्ष समितिका संयोजक रामचन्द्र श्रेष्ठले बताउनुभयो ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीको संरक्षक रेशम लाल चौधरीले एक हप्ताभित्र समस्या समाधानका लागि पहल गर्ने कुरा पीडितहरुसँग बताएका छन् ।
घर/जग्गा हालसावि गर्न नपाउँदा मनमैजुस्थित तारकेश्वर १० का स्थानीयबासी आफ्नो घरजग्गा बैंकमा राखेर बच्चाबच्ची पढाउन, व्यवसाय गर्नबाट समेत बन्चित भएका छन् ।
सङ्घर्ष समितिका अध्यक्षकाअनुसार तत्काल हाम्रो समस्या हल नगरिय केही दिनमा मनमैजु मालपोत कार्यालय, मनमैजु नापी कार्यालय र तारकेश्वर नगरपालिका धर्ना दिने कार्यक्रम गर्न बाध्य हुने बताएका छन् । साथै समाजका उच्च तहका व्यक्तिहरुलाई र उच्च तहका राजनीतिक ब्यतिलाई ज्ञापनपत्र दिँदै जाने सङ्घर्ष समितिका अध्यक्ष श्रेष्ठले बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मनमैजुका हालसावी पीडित
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ३बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ४प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ५गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ६टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ७विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ८राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
तपाईको कमेन्ट लेख्नुहोस्