ठगी गर्ने १० वटा म्यानपावर कम्पनी खारेज (सूचीसहित)

१७ वैशाख, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले म्यानपावर कम्पनीको ठगी शून्यमै झार्ने अभियानलाई तीब्रता दिएका छन । नियम विपरित काम गर्ने र नियम भन्दा बाहिर रहने कम्पनी पनि कारबाहीको दायरामा अाउन थालेका छन । मन्त्री विष्टको निर्देशनपछि वैदेशिक रोजगार विभागले १९७ वटा म्यानपावर कम्पनीहरु एकै पटक खारेज गरेको अर्को दिन थप १० वटा कम्पनी खारेजीको निर्णय गरेको छ । नियम विपरीत काम गरेको र समयमा नवीकरण नगरेको भन्दै ती म्यानपावरलाई वैदेशिक रोजगार विभागले खारेज गरेको हो ।
यीमध्ये वैदेशिक रोजगारीमा पठाएका कामदारले नेपालमा भनिएको काम र तलब नपाएमा, काम र तलब फरक परेमा, समयमा तलब नपाएमा र त्यसमा म्यानपावरको गल्ती देखिएमा म्यानपावर खारेज गर्ने गरेको छ । विभागले खारेज गरेपछि म्यानपावरले वैदेशिक रोजगारसँग सम्बन्धित कुनै काम गर्न पाउँदैन । तर एजेण्ट र दलालहरुले खारेजीमा परेका म्यानपावरको नाम लिएर पनि ठग्ने भएकाले सचेत हुन पनि विभागले सबैलाई आग्रह गरेको छ । अहिले विभागमा एक हजार ४३७ वटा म्यानपावर दर्ता छन् ।
विभागमा दर्ता भएका एक हजार ४३७ मध्ये अहिले एक हजार १८५ म्यानपावर मात्रै सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ । ५५ वटा म्यानपावर सञ्चालनमा नरहेको विभागको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएका म्यानपावरमध्ये एक वर्षमा एक सय जना पनि कामदार पठाउन नसक्ने म्यानपावर पनि खारेज गर्ने तयारी गरिएको छ । यसले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणमा ठूलो पुग्ने विश्वास गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #म्यानपावर कम्पनी खारेज
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्