ललितपुरमा सामाजिक संजालको सुरक्षित र सकारात्मक प्रयोग विषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

ललितपुर, १४ ।बैशाख ललितपुरमा सामाजिक संजालको सुरक्षित र सकारात्मक प्रयोग विषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । १४ गते शनिबार “सुसस्कृत समाजको निर्माण संकल्प महिला समुहको अभियान ” भन्ने मुल नाराको साथ संकल्प महिला समुहको आयोजना र ललितपुर माहानगरपालिका वडा – ५ को सहयोगमा उक्त एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
महालक्ष्मी पार्टी भेनु थसिखेलमा आयोजित उक्त कार्यक्रमको उदघाटन ललितपुर महानगरपालिका ०५ नम्बर वडाका अध्यक्ष विकासमान श्रेष्ठले गरेका थिए । संकल्प महिला समुहका अध्यक्ष उमा ढुङ्गानाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका सहभागीहरुलाई संस्थाका तर्फबाट रिता ढुङ्गानाले स्वागत मन्तब्य राखेकी थिईन भने राधा चालिसेले कार्यक्रमका बारेमा प्रकाश पारेकी थिईन । कार्यक्रममा साइबर क्राईम बिशेषज्ञ बुद्धी सुबेदीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिका ५ नम्वर वडाका अध्यक्ष विकासमान श्रेष्ठले वर्तमानमा साईबर क्राईमको बिषय जल्दोबल्दो सवाल रहेको अौल्याउदै यस सन्दर्भमा जनचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताए । त्यसैगरि, ललितपुर- ५ का वडा सदस्य पुनम निरौला, आयोजक संस्थाका अध्यक्ष उमा ढुङ्गाना, पूर्व अध्यक्षद्वय पद्मा ढुङ्गाना एबम पबित्रा ढुङ्गानाले समाजमा साईबर क्राईमबारे सचेतना फैलाउन सचेत नागरिकहरुको भूमिका महत्वपूर्ण रहने आशय ब्यक्त गरेका थिए । कार्यक्रममा महिला, युवा, बालबालिका, बुद्धीजीवी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #सामाजिक संजाल
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्