खांदबारी-नुम सडककाे ठेकेदारलाई कारवाहि गरियाेस : सांसद खड्का

संखुवासभा । सङ्खुवासभाबाट निर्वाचित प्रतिनिधी सभा सदस्य दिपक खड्काले खाँदबारी नुम सडक कालाेपत्रे गर्ने ठेक्काकाे ठेकेदारलाई कारवाहि गर्न माग गरेका छन् । शुक्रबारकाे प्रतिनिधी सभा बैठककाे शुन्य समयमा बाेल्दै सांसद खड्काले ठेकेदारले काम नगरेकाे भन्दै कार्वाहि गर्न माग राखेकाे हाे ।
त्रिदेशीय नाका जाेड्ने उत्तर दक्षिण काेशी राजमार्ग अन्तर्गतकाे खाँदबारीदेखि नुमसम्मकाे ४६ किलाेमिटर सडक कालाेपत्रे गर्नकाे लागि ठेक्का लिएकाे ठेकेदारले २ बर्ष पुग्न लाग्दा पनि १५ प्रतिशत समेत काम नभएकाेले उक्त ठेकेदारलाई कारवाहि गरि अर्काे ठेक्का लगाउन समेत माग गर्नुभयाे ।
उत्तर दक्षिण काेशी राजमार्ग अन्तर्गत खाँदबारीदेखि नुमसम्म कालाेपत्रे गर्नकाे लागि शर्मा शिवशक्ति जेभि हेटाैडा ४ मकवानपुरले ठेक्का पारेकाे थियाे । १ अर्ब २७ कराेड रुपैयाँमा २०७८ असार १७ गते सम्झाैता गरिएकाे थियाे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #दिपक खड्का, #नेपाली कांग्रेस, #प्रतिनिधि सभा, #प्रतिनिधिसभा, #संखुवासभा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्