नदीजन्य पदार्थ उत्खनन गर्ने ६ वटा ट्रिप्पर चितवन प्रहरीको नियन्त्रणमा

चितवन । अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्रिप्परलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका वडा नंम्बर १० र ११ स्थित सडक खण्डबाट अबैध रुपमा नदीजन्य पदार्थ ल्याउँदै गरेको अवस्थामा ना ७ ख २९७५, ना ८ ख ४३७९, ना ७ ख ३७८२, ना ६ ख २२७०, ना ६ ख ६७२७ र बागमती प्रदेश ०३-००१ क ०८६५ नंम्बरको टिपरलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नदीजन्य पदार्थ उत्खनन गर्ने कार्यमा संलग्न रहेको सवारीसाधनहरुमाथि आक्रमक रूपमा प्रस्तुत हुँदै आएको चितवन प्रहरीले विभिन्न समयमा अप्रेसन समेत चलाउँदै आएको छ । सोही अप्रेसन अन्तर्गत प्रहरीले ६ वटा ट्रिप्परलाइ नियन्त्रणमा लिइ कार्वाही गर्न सफल भएको हो । नियन्त्रणमा लिइएको उक्त सवारी साधनलाइ आवश्यक कार्वाहीको लागी सम्बन्धि निकायमा पठाइएको चितवन प्रहरीका प्रमुख (एसपी) रामेश्वर कार्कीले जानकारी दिए ।
साथै, प्रहरीले नदीजन्य पदार्थहरुको उत्खनन भएको पाइए प्रहरी आक्रमक रूपमा प्रस्तुत हुने बताउँदै सो, कार्य कहिँ कतै भए गरेको पाइए तत्कालै आफ्नो नजीकैको प्रहरी कार्यालयमा खबर गर्न समेत अपिल गरेको छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय चितवनले खोलानालाबाट हुने चोरी निकासी रोक्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएसंगै यस क्षेत्रमा हुँदै आएको नदीजन्य पदार्थ उत्खनन् ठप्प भएको छ भने लुकिछिपी चोरी निकासी गर्दै आइरहेको सवारीसाधन समेत नियन्त्रणमा आइरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्