Techie IT
बिहीबार, मंसीर १४,२०८०

नेपाल छिरेर भारतीयले चलाए गोली, एकजना नेपाली घाइते


माघ । सप्तरीमा गोली चलेको छ । बुधबार साँझ भारतीय नागरिकहरुले नेपाल छिरेर गोली चलाएका हुन् ।

कोसी नदीको मध्यभागमा रहेको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा छिरेर भारतीयहरुले गोली चलाएका हुन् ।

स्थानीयका पशुचौपाया चोरी गर्ने एकजना भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएपछि ३० जनाभन्दा धेरैको समूहमा हतियारसहित आएका भारतीयले गोली चलाएका हुन् ।

उनीहरुले ५/६ राउण्ड गोली प्रहार गरेर स्थानीयले समाएका व्यक्तिलाई छुटाएर लगेको प्रहरीले जानकारी दिएको छ । भारतीयले चलाएको गोलीको छर्रा लागेर महेन्द्र पासवान रहेका छन् ।

उनको खुट्टामा छर्रा लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #भारतीयले चलाए गोली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
16°
Mostly Cloudy
6:35 am5:08 pm +0545