Techie IT
आईतबार, जेठ ३०,२०७८

डडेल्धुरामा बस दुर्घटना: सातको मृत्यु, २० घाइते


डडेल्धुरामा बस दुर्घटना: सातको मृत्यु, २० घाइते प्रकाशित मिति: बुधबार, बैशाख ११, २०७६    समय: ८:०४:३४ 0 SHARES Share Tweet डडेल्धुरा, वैशाख ११- बुधबार बिहान डडेल्धुराको साहुखर्कमा बस दुर्घटना भएको छ । कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको बस साहुखर्क नजिक दुर्घटनामा परेको हो । बस सडकबाट २ सय मिटर तल खस्दा सातजनाको घटनास्थलमै मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । बुधबार बिहान चार बजे भएको दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पुगिसकेको र उद्धार कार्य सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #बस दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
23°
Mostly Cloudy
05:0719:00 +0545