तिमिल्सिना समाज नेपालको ९ औं महाधिवेशन सम्पन्न ,हेर्नुहोस नयाँ कार्यसमितिका नामावली

काठमाडौं।
तिमिल्सिना समाज नेपालको ९ औं महाधिवेशन सम्पन्न भएको छ । शनिवार ललितपुरको नेशनल ल कलेजको सभाहलमा सम्पन्न महाधिवेशनले नवराज तिम्सिनालाई अध्यक्षमा सर्वसम्वत चयन गरेको छ । अध्यक्षका प्रत्यासि पूर्व ए.आई.जी. कल्याण कुमार तिम्सिनाले अर्का प्रत्यासी नवराज तिमल्सिनालाई समर्थन गरेपछि नेतृत्व सर्वसम्वत चयन भएको हो ।
महाधिवेशनको बन्दशत्रमा बोल्दै कल्याण तिम्सिनाले तिमिल्सिना बन्धुहरुलाई एकताको सुत्रमा बाध्न आफुले अध्यक्षको उम्मेदवारी फिर्ता लिएर नवराजलाई समर्थन गरेको बताउनु भयो । उहाँले बन्धुहरुको समाजमा निर्वाचन गर्नु उचित नहुने र सबैले मिलेर समाजलाई उचाईमा पुर्याउनुपर्ने बताउनु भयो ।
उहाँ समाजको संरक्षक समेत हुनुहुन्छ ।
समाजको वरिष्ठ उपाध्यक्षमा दिपक तिमिल्सिना, महासचिवमा होम तिमिल्सिना निर्वाचित भएका छन् । यस्तै प्रदेश संयोजकहरुमा हरि प्रसाद तिमिल्सिना, शिव प्रसाद तिमिल्सिना, चन्द्र मणि तिमिल्सिना, राजु तिमिल्सिना, जगत तिमिल्सिना, कलम बहादुर तिमिल्सीना र तिलक तिमिल्सिना रहेका छन् । प्रदेश संयोजक बिधानत केन्द्रीय उपाध्यक्ष हुनेछन् ।
यसैगरी समाजको सचिवमा टपिन्द्र तिमल्सिना, कोषध्यक्ष सिता तिमल्सिना र सह कोषाध्यक्षमा बिद्या तिमिल्सिना रहेका छन् ।
अधिवेशनमा समाजका पूर्वअध्यक्ष, संरक्षक सल्लाहकार सहित देशभरबाट झण्डै तीन सय तिमल्सिना बन्धुहरुको उपस्थिती रहेको थियो । अधिवेशनको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।
यसैबीच नयाँ कार्यसमितिको आईतवार बसेको पहिलो बैठकले ११ सदस्यीय सचिवालय सदस्य गठन गरेको छ । सचिवालयमा पधाधिकारी सहित केन्द्रिय सदस्यहरु सिर्जना तिम्सिना, बाशुदेव तिम्सिना, काशिनाथ तिमल्सिना, पुष्कर प्रसाद तिमिल्सिना र जयराम तिमिल्सिना रहेका छन् ।
यसैगरी तीन महिनाभित्र समाजको प्रदेश कमिटिको सम्मेलन सम्पन्न गर्ने र अछाम जिल्लामा लगाईएको महायज्ञमा समाजलाई बिभिन्न दाताले दान गरेको जग्गा समाजको नाममा ल्याउन तिलकबहादुर तिमल्सिनाको संयोजकत्वमा जगत तिम्सिना र कलम बहादुर तिम्सिनाको समिति गठन गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तिमिल्सिना समाज
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्