राज्यका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले काम गर्न कठिनाई भयो : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले आफूलाई नतिजामुखि काम गर्न कठिनाई भईरहेको बताउनुभएको छ ।
ठूला दलहरुले थिलथिलो बनाएको राज्य संयन्त्रका कारण आफूलाई नतिजामुखि काम गर्न समस्या भएको उपप्रधानमन्त्री लामिछानेको आरोप थियो । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले ती संयन्त्रहरुको सुधारको काममा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारीकर्मीहरु र क्रसर उद्योगको विषयमा निर्णय लिन ढिलाई भएको उल्लेख गर्दै अव केही दिन भित्रै नतिजा आउने गरी काम हुने बताउनुभयो ।
त्यसका लागि गृह मन्त्रालयले सम्वेदनशील भएर काम गरिरहेको उपप्रधानमन्त्री लामिछानेको भनाई थियो । उहाँले राज्यका संयन्त्रहरुलाई हिजो चलायजस्तो गरेर चलाउन छोडिदिए गृह मन्त्रालय अन्तरगतको आधा समस्या आफै हल भएर जाने अवस्थामा रहेको पनि उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री लामिछानेले आफूले लिएको जिम्मेवारी पूरा हुने कुरामा ढुक्क हुन पनि सांसदहरुलाई आग्रह गर्नुभयो । संसदमा एकले अर्कालाई होच्याउनेजस्ता गतिविधि आफू र आफ्नो दलले नगर्ने र अन्य दलहरुबाट नहोस् भन्ने आफूले अपेक्षा गरेको पनि उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #रवि लामिछाने
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्