संचार केन्द्र मार्फत बाराका हावाहुरी पिडितलाई कर्मा लेसीलिङ्गको ४० हजार नगद सहित ११ बोरा कपडा सहयोग

काठमाडौ । केही दिन अघि हावाहुरीका कारण बारामा २७ जना र पर्सामा एकजनाको ज्यान गएको थियो । चारसय भन्दा धेरै घाइते भएका थिए।
बाराका बिभिन्न ठाउँमा हावाहुरीले घर भत्किनुका साथै बिजुलीका पोल ढाल्नुका साथै बिजुलीका पोल ढल्दा र गुडीरहेको गाडी पल्टिंदा ठूलो मानवीय क्षति भएको हो ।
तराईको यस्तो बिपतमा हिमालका लामाहरु द्धारा राहात संकलन गरेर बितरण गेका छन ।
राजधानिको कर्मा लेसीलिङ्ग इस्चीच्युटले करिब ११ बोरा कपडा र ४०,००० हजार नगर हस्तान्तरण गरेको छ ।
राजधानिको संचारकेन्द्रमा एक कार्यक्रम बिच सो राहात हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा नेविसंघका अध्यक्ष नैनसिंह महर ,अभिभावक संघका अध्यक्ष शुप्रभा भण्डारी ,सिटीइभिटीका सदस्य सचिव पुष्परमण वाग्ले ,हिसानका केन्द्रिय सचिव रामहरि सिलवाल पत्रकारहरुको उपस्थीती रहेको थियो ।
कार्यक्रममा कर्मा लेसीलिङ्गको तर्फबाट समाजसेवी डा .राजु गुरुङ्गले बारामा भएको विनासकारी हावाहुरीका पीडितहरुलाई ४० हजार रुपैँया र केही लत्ताकपडा सहयोग गरेका छन । सो सहयोग रकम र लत्ताकपडा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्दप्रसाद चौलागाईंले पत्रकार महासंघ वाराका अध्यक्षलाई वैशाख ७ गते नै हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका रौतहट टाइम्स साप्ताहिकले प्रकाशन गरेको २०७६ सालको क्यालेण्डरसमेत सार्वजनिक भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #कर्मा लेसीलिङ्ग, #बाराका हावाहुरी
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्