विप्लव कार्यकर्ताद्धारा नवलपुरमा ट्रकमा आगजनी

विजय चालिसे
कावासोती, ५ वैशाख । विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दको प्रभाव नवलपुरमा पूर्ण रुपमा परेको छ ।
आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विरोधमा नेकपाले गरेको बन्दको प्रभाव नपलपुरमा पूर्ण रुपमा परेको हो ।
बन्दका कारण सवारी साधन छिटफुट संचालनमा रहेको भएपनि सडकका ठाउँठाउँमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले नै सवारी साधनलाई ठाउँठाउँमा रोकेर राखेको छ । बन्दका कारण बजार सुनसान देखिएको छ ।
बन्दको पूर्वसन्ध्यामा बुधबार राति विप्लब नेतृत्व नेकपा जिल्ला सदस्य पुरुषेत्तम रेग्मी पक्राउ परेका छन् ।
मध्यविन्दु नगरपालिका ११ बाउन्नेकुनाबाट रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । रेग्मीलाई बन्दको पूर्वसन्ध्यामा नेकपाले गरेको राके जुलुसका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एंव प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।
कावासोती १६ डण्डा पथ्तरखोला पुल नजिक रोकिराखेको भारतीय ट्रकमा आगजनी गरिएको छ । भारतको गुजरातबाट काठमाडौं जानका लागि आउँदै गरेको आर जे ०२ जीबी २८७० नम्बरको ट्रकमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ट्रकमा आगजनी
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्