विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु

काठमाडौं । पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेमा काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नं. ९ नवीन नगरका बाबु छोरी रहेका छन् । निजको स्थायी घर भने पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवा चोपरी रहेको छ ।
नवीन नगरका उपभोक्ता तथा सामाजिक व्यक्ति ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धि पौडेलको मृत्यु भएको छ ।
काठमाडौंको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने छोरी प्रसिद्धि जाडो बिदाको अवसरमा पोखरा घुम्न र जन्मघर पर्वत आउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् ।
‘छोरीको स्कूल बिदा भएकाले दाजुभाइ भेटघाट घरायसी कार्यक्रमले गर्दा ४–५ दिन छोरीसहित पोखरा गएका अरुणका घरमा भाडामा बस्ने एक जनाले जानकारी दिएका छन् । उनकाअनुसार बिहान ९ बजेतिर छोरी लिएर ट्याक्सीमा गएका पौडेलले विगतमा पेखरा जाँदा जहिल्यै बुद्ध एयरको जहाज चढ्ने गरेतापनि यसपटक यति यएरमा गएको बताएका छन् ।
मृतकका श्रीमती सुत्केरी भएकाले माइतिमा गएको अवस्थामा भाडामा बस्नेलाई घर हेरचाहको जिम्मा दिएर पोखरा गएका थिए ।
अरुणले छोरी प्रशिद्धिलाई आज पोखरामा घुमाउन आफ्ना भाई केशवलाई बच्चासहित पोखरा विमानस्थल बोलाएका थिए । आज दिनमा पोखरा घुमेर साँझ घर जाने योजना बनाएको बुझिएको छ ।
दुर्घटना भएपछि भाई केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धिको शवको पहिचान गरेका थिए ।
मृतक पौडेल ९ वर्ष कोरियामा बसेर फर्केका थिए । उनले कोरियाबाट फर्केपछि बुटवलमा विद्यालय समेत खोलेका थिए । राजनीति र व्यवसायप्रति चासो दिने पौडेल मंसिर ४ मा भएको संघ तथा प्रदेशको निर्वाचनमा पर्वतबाट स्वतन्त्र उम्मेदवार रहेका थिए । कोरियाबाट फर्केपछि काठमाडौंमा घर बनाई २ छोरी र श्रीमतीसँग बस्दै आएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #विमान दुर्घटना : तारकेश्वर
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्