क्यान्सर रोग रोकथाममा सबै पक्षको भुमिका महत्वपूर्ण – उपराष्ट्रपति पुन
काठमाडौ – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा क्यान्सर रोगको रोकथाम र उपचारमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भएको छ। नेपाल अर्वुद रोग निवारण संघको भक्तपुरको बोडेमा आयोजित ३२औं केन्द्रीय सभामा बोल्दै उपराष्ट्रपति पुनले भयावह रोग क्यान्सर विरामीलाइ स्वदेशमै उपचार गराउन अत्याधुनिक मशिनसहितको विशेषज्ञ सेवाको विस्तार हुनुपर्नेमा जोड दिनुभएको छ।
उपराष्ट्रपति पुनले संविधानले प्रत्येक नेपाली नागरिकलाई निशुल्क र समान पहुँचको ग्यारेण्टी गरेपनि उपचारको अभावमा गरीब जनताले विभन्न रोगबाट मृत्यु वरण गर्नुपरेकोमा दुःख व्यक्त गर्नुभएको छ।
उहाले कार्यक्रममा बोल्दै अहिले विश्वमा मानिसले नयाँ नयाँ रोगको सामना गर्नु परेको र यस्ता रोगहरुबाट नेपाल पनि अछुतो नरहेको बताउनु भएको छ।
नेपालमा बर्षेनी ३० हजार भन्दा बढि क्यान्सर रोगबाट पीडित हुने गरेको छ भने १७ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक छ।
उपराष्ट्रपति पुनले नेपाल अर्बुद रोग निवारण सस्थाले अन्तराष्ट्रिय स्तरको डायोग्नोष्टिक केन्द्र स्थापना गर्ने योजना सफल भए क्यान्सर रोगको समयमै पहिचान गरी रोगको रोकथाममा सहयोग पुग्ने बताउनु भयो।
संस्थाका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले क्यान्सर रोगको रोकथाम र उपचारमा पर्याप्त लगानि हुन नसकेको बताउनु भएको छ। अध्यक्ष श्रेष्ठले क्यान्सर रोगको नियन्त्रण र उपचारमा सरकारसग सहकार्य र समन्वय गरी अघि बढ्ने तयार रहेको बताउनु भएको छ। नेपाल अर्वुद रोग निवारण संस्थाले रोकथाम कार्यक्रम अन्तर्गत क्यान्सर सचेतना कार्यक्रम, सुर्ती नियन्त्रण कार्यक्रम, उपत्यका भित्र र नेपालका दुर्गम भागहरुमा क्यान्सर जाँच शिविर जस्ता कार्यक्रम गरिरहेको छ। अध्यक्ष श्रेष्ठले उपचारत्मक क्षेत्रमा संस्थाले ज्ञ सय पचास शैयाको भक्तपुर क्यान्सर अस्पताल स्थापना र सञ्चालनका लागि महत्वपूर्ण भुमिका खेलेको स्मरण गर्दै सरकारले सो योगदानको उचित मुल्यांकन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सातै प्रदेशमा क्यान्सर केयर सेन्टर स्थापनामा प्रभावकारी भुमिका खेल्ने लक्ष्य रहेको बताउदै संस्थाले चाडै उच्चस्तरको विश्वसनीय डायोग्नोष्टीक केन्द्रको अवधारणा अघि सार्नु भएको छ।
प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले क्यान्सर रोग नियन्त्रणको प्रतिकात्मक र उपचारत्मक क्षेत्रमा गर्नुपर्ने कार्यमा झक्झक्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। संसदमा सुर्तीजन्य पदार्थ विरुद्ध को अभियानमा संकल्प प्रस्ताव प्रस्तुत गरेको स्मरण गर्दै सरकारले यो क्षेत्रमा पर्याप्त गम्भिरता नदेखाएको जिकिर गर्नुभयो।
संस्थाको उद्घाटन कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले संस्थाको उदेश्य पुरा गर्न सहयोग गर्ने बताउनु भएको छ। नेपाल अर्बुद रोग निवारण संस्थाका निवर्तमान अध्यक्ष लोकेन्द्र श्रेष्ठले संस्थाको गर्विलो इतिहासलाइ कायम राखि नया नया योजनाकासाथ उचाइ थप्नुपर्ने नेतृत्वलाइ चुनौती रहेको बताउनु भएको छ। संस्थाका महासचिव विमलकुमार होडाले संस्थाको कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
संस्थाको केन्द्रीय सभामा ४५ जिल्लाका २ सय बढी प्रतिनिधिको उपस्थिति रहेको थियो भने सभाले संस्थाको विधानमा तेश्रो संशोधन समेत गरेको छ।
क्याटेगोरी : विशेष, समाचार, स्वास्थ्य
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्