आम जनतालाई सर्वसुलभ गुणस्तरीय सेवा दिने उद्देश्यले क्लिनिक नेपालको सेवा शुभारम्भ

काठमाडौं । आम जनतालाई सर्वसुलभ रुपमा गुणस्तरीय सेवा दिने उद्देश्यले क्लिनिक नेपालको स्थापना गरिएको छ । राष्ट्रिय एकता दिवसको अवसर पारेर मिति २०७९ पौष २७ गते बुधबार क्लिनिक नेपालको सेवा शुभारम्भ भयो ।
काठमाडौं, पिङ्गलास्थान, गौशालास्थित नेपाल ल्याब हाउस अर्न्तगत क्लिनिक नेपाल बाट सेवा सुरु गरिएको छ । संस्थापक तथा मेडिकल डाइरेक्टर डा. किरण जंग कुवँरका अनुसार क्लिनिक नेपालबाट फाईभ स्टार मेडिकल सेवा दिने लक्ष्य राखिएको छ ।
सुपरस्पेलिस्ट चिकित्सकिय सेवा, सर्वसुलभ मेडिकल प्याकेज र होम मेडिकल सर्भिस समेत प्रदान गरिने डा. कुवँरले बताउनु भयो । यसले प्रदान गर्ने सेवाहरु गर्भावस्था, भ्रुण स्वास्थ्य, क्यान्सर केयर, बाँझोपना, पथ्थरी लगायतका स्वास्थ्य सेवाहरु रहेका छन् । डा. कुबँरका अनुसार घरमै पुगेर रगत लिने र अनलाईनबाट रिपोर्ट हेर्न सकिने सुविधा समेत रहेको छ । नेपाल ल्याब हाउसका प्रबन्ध निर्देशक प्रा. डा. विदुर वस्तीले नेपाल सरकार बाट ए ग्रेडको मान्यता प्राप्त ल्याब प्रयोगशालाको गुणस्तर अब्बल रहेको उल्लेख गर्दै गुणस्तरिय परिक्षणको सेवा सहित क्लिनिक नेपाल सुरु गर्न लागेकोमा खुशी व्यक्त गर्नु भयो ।
त्यस्तै ल्याब हाउसका प्रमुख अपरेटिङ्ग अफिसर (सीओओ) बासुदेब घिमिरेले यो सेवाको गुणस्तर तथा पहुँचमा विस्तार गर्न व्यवस्थापन पक्ष लाग्ने प्रतिबद्धता व्यक्त गर्दै छिटै नै सिटिस्क्यान एम आर आई सेवा सुचारु हुने छ भन्ने जानकारी गराउनु भयो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #hot, #क्लिनिक नेपाल, #डा. किरण जंग कुवँर, #नेपाल ल्याब हाउस, #प्रा. डा. विदुर वस्ती, #बासुदेब घिमिरे
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्