Techie IT
शनिबार, असोज १०,२०७७

बालाजु माछापोखरीस्थित मिठाई पसलमा सिल्ड ,अत्याधिक मिसावट र सरसफाईको कमी


काठमाडौं ।बालाजु माछापोखरीस्थित सुर्यदेव मिठाई पसललाई  अनुगमन टोलीले सिल्ड गरेको छ ।

कानुनी प्रक्रिया पुरा नगरि संञ्चालन गरिएको सो मिठाई पसलमा अत्याधिक मिसावट, सरसफाईको कमी तथा व्यक्तिगत सरसफाई पनि सन्तोषजनक नदेखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि पसल सिल्ड गरिएको विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वरराज सुवेदीले जानकारी दिए ।

राजधानीमा सञ्चालित चिकेन स्टेशन (खाजा पसल)मा अखाद्य तेलको प्रयोग भएको पाइएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शनिबार गरेको बजार अनुगमनका क्रममा काठमाण्डौ महानगरपालिकाको सितापाईलास्थित चिकेन स्टेशनमा अखाद्य तेल प्रयोग भएको पाईएको हो ।

चिकेन फ्राईका लागि राखिएको तेल हाई पोलारिटी (अत्याधिक डढेको) पाइएपछि अनुगमन टोलीले सबै तेल नष्ट गरि ३ दिन भित्र विभागमा उपस्थित हुनका लागि पत्र काटेको छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले अनुगमनका क्रममा गुणस्तरहीन खाद्य सामाग्री फेला पर्नुको साथै सरसफाईमा कमि  र कानुनी प्रक्रिया पनि पुरा नगरेको पाईएकाले नियमक निकायले अनुगमन तिब्र पार्नुपर्ने बताए ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #मिठाई पसलमा सिल्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!