नेपाल अभिभावक महासंघको संयोजकमा भण्डारी र देवकोटा

काठमाडौं, नेपाल अभिभावक संघ र राष्ट्रिय अभिभावक संघ एकिरण भएर नेपाल अभिभावक संघ बनेको छ। नयाँ बनेको महासंघमा ३६ सदस्यीय तदर्थ समिति र १० सदस्यीय सचिवालय गठन भएको हो ।
विसं २०५१ सालमा स्थापना भएको नेपाल अभिभावक संघ र २०५९ सालमा स्थापना भएको राष्ट्रिय अभिभावक संघको एकिकरण पस्चात नेपाल अभिभावक संघ घोषणा भएको हो। महासंघका संयोजकमा अभिभावक संघका पुर्वअध्यक्ष शुप्रभात भण्डारी र राष्ट्रिय अभिभावक संघका पुर्व अध्यक्ष धर्मदत्त देवकोटा संयोजक रहेका छन्।
महासंघले नियमित कार्यसंचालन गर्न संयोजकद्धय भण्डारी , देवकोटा र निवर्तमान अध्यक्षद्धय केशव पुरी र यादव प्रसाद शर्मा रहने गरी चार सदस्यीय स्थायी समिति गठन गरेको छ। शिक्षाका विभिन्न १० संगठन गाभिएर बनेको महासंघमा १० वटा क्षेत्रमा विभिन्न पदाधिकारीलाई जिम्मेवारी दिइएको छ।
सामुदायिक विद्यालय अभिभावक संघको संयोजकमा रामप्रसाद न्यौपाने र सहसंयोजकमा रघुनाथ महर्जन, संस्थागत विद्यालय अभिभावक संघको संयोजकमा सुभास भण्डारी र सहसंयोजकमा कोषबहादुर जिसी, प्राविधिक शिक्षा अभिभावक संघको संयोजकमा गुणराज गौतम र सहसंयोजकमा सचितानन्द घिमिरे, विश्वविद्यालय अभिभावक संघको संयोजकमा सरिता अर्याल र सहसंयोजकमा गंगा पराजुली, विदेशमा अध्ययनरत विद्यार्थीका अभिभावक संघका संयोजकमा नवराज काफ्ले र सहसंयोजकमा प्रकाश धिताललाई जिम्मेवारी तोकिएको छ।
त्यस्तै नेपाल वालगृह महासंघको संयोजकमा दुर्गा मैनाली, दृष्टीविहीन अभिभावक संघका संयोजकमा राजेशमान केसी, अभिभभावक संघ नेपालमा केशव पुरी, राष्ट्रिय अभिभावक संघमा यादवप्रसाद शर्मालाई जिम्मेवारी दिइएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #अभिभावक महासंघ
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्