सोनाक्षी बिहे गर्न तयार, योग्य बर पाइनन्

मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अहिले आफ्नो आउन लागेको फिल्म ‘कलंक’का कारण चर्चामा छिन् ।
फिल्मको शीर्ष गीत पनि रिलिज भएको छ । गीतलाई दर्शकले पनि निकै माया गरेका छन् । फिल्मको प्रमोसनका लागि सोनाक्षी सिन्हा, वरुण धवन र आलिया भट्ट लागिपरेका छन् ।
हालै यी तीन कलाकार एक टिभी रियालिटी सोमा पुगेका थिए । सोमा होस्टले वरुण, आलिया र सोनाक्षीको प्रेम जीवन र विवाहलाई लिएर प्रश्न गरेका थिए । होस्टले तीनैजनालाई सोधे कि ‘विवाह कहिले गर्ने ?’ यस प्रश्नमा सोनाक्षीले हाँस्दै भनिन् कि उनी वरुण र आलियाभन्दा पनि चाँडो विवाह गर्न चाहन्छिन् ।
सोनाक्षीले भनेकी छिन्, ‘म विवाहका लागि तयार छु, तर योग्य वर भेटिरहेकी छैनँ, जसलाई म जीवनसाथी बनाउन सकूँ ।’ केही समयअघि खबर आएको थियो कि सोनाक्षी ‘नोटबुक’ फिल्मका अभिनेता जाहिर इकबलसँग प्रेमसम्बन्धमा छिन् । तर, सोनाक्षीले जाहिरको साथमा आफ्नो सम्बन्धलाई लिएर केही बताएकी छैनन् ।
सोनाक्षीको फिल्म ‘कलंक’ मल्टी स्टारर फिल्म हो । फिल्ममा सोनाक्षी, आलिया, वरुण धवन, आदित्य राय कपुर, सञ्जय दत्त र माधुरी दीक्षितलगायत कलाकार रहेका छन् । फिल्मको निर्देशन अभिषेक बर्माले गरेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #सोनाक्षी
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्