अस्पताल लैजादै गर्दा एम्बुलेन्समै जन्मियो छोरो, तर अस्पतालले बच्चा नै साटेर ४ घन्टा पछि थमायो छोरी

आफ्नो सन्तान चोरेर अस्पतालले अरुको सन्तान भिडाइ दिने गरेको दृष्य फिल्म वा नाटकमा प्रशस्त देख्न पाइन्छ । तर, सुर्खेतका एक दम्पत्तिको वास्तविक जीवनमै यस्तो घटना घटेको छ ।
चौकुने गाउँपालिका–५ मायातालका नविन गहत्तराज र भावना गहत्तराज सन्तान जन्माउनका लागि भारतको जिल्ला अस्पताल पिथौरागढ पुगेका थिए । अस्पताल नपुग्दै एम्बुलेन्समै छोरो जन्मियो । थप समस्या नहोस भनेर उनीहरु जिल्ला अस्पताल पिथौरागढ पुगे । तर, अस्पताल पुगेको चार घण्टा पछि बच्चा बद्लियो । छोरोको ठाउँमा अर्कैको छोरी ल्याएर राखियो ।
‘अस्पताल नपुग्दै बिचबाटोमा एम्बुलेन्समै बच्चा जन्मियो, नविनले भने ‘बच्चालाई केही समस्या नहोस् भनेर अस्पालमै लगौं तर चार घण्टापछि अस्पतालले छोरी थमायो ।’‘मेरो छोरो नै जन्मिएको हो, दायाँ आँखाको नजिकै कोठी पनि छ ।’नविनले भने ‘छोरी मेरो होइन, नभए डिएनए टेष्ट गरौं भन्दा पनि अस्पतालले मानेन ।’ छोरो नै जन्मिएको भनेपनि अस्पतालले जबरजस्ती अर्कैकी छोरी थम्माइ दिएको उनीहरुको भनाई छ ।
छोरो जन्मिएको एम्बुलेन्समा भएका डाक्टर र एम्बुलेन्स चालकले समेत देखेको तर आफूसँग फोटो नखिचेकै कारण प्रमाण नभएपछि अस्पतालले छोरी दिएको दम्पत्तिको भनाई छ । मजदुरीका लागि केही महिनाअघि भारतको पिथौरागढ पुगेका उनीहरु अस्पतालले दिएको छोरी लिएर सुर्खेत फर्किएका छन् ।
यही माघ २ गते सुत्केरी बेथा लागेपछि गहत्तराज दम्पत्ति अस्पताल पुगेका थिए । तर बच्चा बाटोमै जन्मिएको थियो ।छोरा साट्ने अस्पताल र घटनामा संलग्न डाक्टर बिरुद्ध कानूनी प्रक्रिया अपनाउदा पनि अस्पतालले प्रहरी प्रशासन लगायर अनावश्यक दुःख दिएको उनीहरुको भनाई छ । ‘हामीले अर्काको बच्चालाई पनि राम्रैसँग राखेका छौँ ।’ नविनले भने ‘डिएनए टेष्टका लागि पहल गरी दिनुपर्यो ।’
कानूनी प्रक्रियाबाट छोरा दिलाइदिन नविनले नेपाल सरकारलाई अनुरोध गरेका छन् । छोरा चोर्ने अस्पताललाई कारबाही र छोरा दिलाइदिन सहयोग माग्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पुगेका छन् । तर प्रशासनले पनि भारतको कुरा केही गर्न नसक्ने भनेर फर्काएको गुनासो छ ।यता सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भने घटनाको विवरण बुझेपछि कानूनी प्रक्रियाका लागि राजदुताबासलाई खबर गर्न सकिने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #अस्पतालले अरुको सन्तान भिडाइ दिने
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्