फिफा विश्वकप फुटबल: स्पेन विजयी

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले कोस्टारिकालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
कतारको अल थुमामा स्टेडियममा आज राति भएको खेलमा कोस्टारिकालाई ७–० गोल अन्तरले हराउँदै स्पेनले विजयी सुरुआत गरेको हो । स्पेनले खेलको पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ४ गोल ग¥यो । स्पेनको जितमा फेरान टोरेसले दुई गोल गरे भने डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक÷एक गोल गरे ।
स्पेनले खेलको ११औँ मिनेटमा ओल्मोको गोलबाट सुरुआती अग्रता बनाएको थियो । खेलको २१औँ मिनेटमा एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता २–० को बन्यो । खेलको ३१औँ मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि स्पेन पहिलो हाफमा ३–० ले अघि रह्यो ।
कोस्टारिकाका ओस्कारले जोर्डी अल्बालाई पेनाल्टी एरियाभित्र फउल गर्दै लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको हो । खेलको ५४औँ मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४–० को अग्रता दिलाए । ७५औँ मिनेटमा गाभीले गोल गर्दै स्पेनलाई ५–० को अग्रता दिलाए ।
खेलको ९०औँ मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई ६–० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा मोरटाले गोल गर्दै स्पेनलाई ७–० गोलको फराकिलो जित दिलाए। यस जितसँगै समूह ‘ई’ को स्पेनले पहिलो खेलमै ३ अङ्क जोडेको छ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #फिफा विश्वकप फुटबल
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ३बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ४प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ५गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ६टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ७विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ८राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
तपाईको कमेन्ट लेख्नुहोस्