महिला चेम्बर झापा जिल्ला तदर्थ समिति गठन

बिर्तामोड । नेपाल चेम्बर अफ कमर्स अन्तरगत नेपाल महिला चेम्बरको झापा शाखा आज गठन भएको छ । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यमा आज बिर्तामोडमा आयोजित अन्तरक्रियासहितको भेलाले प्रेमा भट्टराइको अध्यक्षतामा नेपाल महिला चेम्बर झापा जिल्ला तदर्थ समिति गठन गरेको हो ।
नेपाल महिला चेम्बर झापाको वरिष्ठ उपाध्यक्षमा रेनुका डाँगी, वाणिज्य उपाध्यक्षमा निरु उप्रेती, उद्योग उपाध्यक्षमा रेखिका शर्मा, महासचिवमा शर्मिला शाक्य, उद्योग सचिवमा बिनु कट्टेल, वाणिज्य सचिवमा देवी पोखरेल र कोषाध्यक्षमा जमुना भुषाल चयन भएका छन् ।
त्यसैगरी समितिका सदस्यहरुमा शुभकुमाईं पाठक, अनिता मैनाली, भावना घिमिरे, लुना सुवेदी, प्रमिला खरेल (प्रसार्इं), बिना बिमली, पार्वता खतिवडा, सुनिता शर्मा, हिमा भण्डारी, पारु श्रेष्ठ, गंगा मेचे, कविता पौडेल, जानुका ओली, यशोदा प्रसाईं र गीता पौडेल चयन भएका छन् ।
सो अवसरमा मन्तब्य राख्दै केन्द्रीय अध्यक्ष श्रेष्ठले महिलाहरुलाई जिम्मेवारी कम दिने गरिएकाले आर्थिकरुपमा सफल हुन समस्या आएको दावी गरिन् । उनले भनिन्, ‘अब महिलाहरु व्यवसायमा लाग्नुपर्छ र पुरुषहरुभन्दा कुनै पनि हिसाबमा कमजोर नभई सबल र सक्षम हुन आवश्यक छ ।’
अध्यक्ष श्रेष्ठले महिलालाई क्रियाशील र आर्थिकरुपमा सबल बनाउन चेम्बर अफ कमर्स अन्तरगत महिला विभाग देशभर गठन गर्न लागिएको बताइन् ।
चेम्बर अफ कमर्सका प्रदेश १ का अध्यक्ष राजेन्द्र घिमिरेले आफैं उद्यमी व्यवसायी बनेर वा श्रीमानको व्यापार व्यवससायमा साथ दिएर पनि महिला अब क्रियाशील बन्नुपर्ने बताए । झापा चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष सन्तोष अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा महिला चेम्बरमा कसैलाई भेदभाव नगरी क्षमता र दक्षताका आधारमा संगठित गरिने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #महिला चेम्बर झापा
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्