Techie IT
मंगलबार, मंसीर १४,२०७८

तिनपिप्लेमा रक्तदान कार्यक्रम हुदै


तारकेश्वर नगरपालिकाको तिनपिप्लेमा रक्तदान कार्यक्रमको आयोजना हुदै छ ।

रक्तदान जिवन दान भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको कार्यक्रममा सहभागी हुन आयोजक तिनपिप्ले टोल सुधार समितिले सबैलाई आह्वान समेत गरेको छ ।

रगतको अभावमा बिरामीको मृत्यु हुन सक्ने सम्भावनालाई न्युनिकरण गर्ने सो कार्यक्रम फलदायी हुने तिनपिप्ले टोल सुधार समितिका उपाध्यक्ष राजकुमार अर्यालले बताए ।

हाल उपत्यकामा ४०० युनिट ब्लडको माग छ । शनिबार बाहेक अन्यदिन ३५ र ४० युनिट रगत मात्र संकलन हुन्छ । रक्तदान कार्यक्रमहरुमा समेत लक्ष्य अनुरुपको रगत संकलन हुन सकेको छैन । त्यसैले रगत अभाब भएको ब्लड बैकका उपनिर्देशक डा प्रकाशकुमार यादब बताउनुहुन्छ ।

रगत अभाबले रगत जुटाउन ब्लड बैंक पुग्ने भन्दा सामाजिक सञ्जाल नै रगत जुटाउनका लागि सजिलो माध्यम बन्दै गएको छ । ब्लड बैंक अपायक ठाउँमा हुँदा आम सर्वसाधारणले पाएको दुःख त छदै थियो बालकुमारीसम्म पुगेर पनि रगत नपाने समेत अवस्था भएको बेलाबखत समाचार बाहीर आइरहेको छ ।

यहि चैत्र १६ गते शनिवार बिहान १० बजे बाट सुरु हुने आयोजक संस्थाले बताएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तिनपिप्लेमा रक्तदान कार्यक्रम


तपाईको कमेन्ट लेख्नुहोस्