इन्धनको ढुवानी लागत घटाउन नयाँ रणनीति

नेपाल आयल निगमले इन्धनको ढुवानी लागत घटाउन र पूर्वाधार बढाउन १० वर्षे रणनीति ल्याउने भएको छ ।
निगमको विनियमावलीले १० वर्षे कार्ययोजना बनाउन भनेकाले सोहीअनुसार रणनीति तयार गर्न लागिएको हो । वार्षिक रु डेढ खर्बभन्दा बढीको कारोवार गर्ने निगमले सूचना प्रविधिको अधिकतम् उपयोग गर्ने विषयसमेत सो रणनीतिमा समावेश गर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
बजारमा इन्धनको खपत बढ्दै गए पनि निगमसँग इन्धन भण्डारण गर्ने क्षमता कम हुँदा आपूर्तिमा सामान्य अवरोध हुँदा इन्धन अभाव हुने अवस्थाको अन्त्यका लागि पूर्वाधार विकास अत्यावश्यक भइसकेको छ ।
यथास्थितिमा निगम चल्न नसक्ने भएकाले ९० दिनलाई पुग्ने इन्धन भन्डारणस्थल निर्माणका लागि संस्थाले प्रक्रिया अगाडि बढाएको छ । विभिन्न चार ठाउँमा जग्गा खरीद गरे पनि यसको निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । निगमले पोखरा र विराटनगरमा रहेका डिपोको स्तरोन्नति गर्ने कार्ययोजना बनाएको पनि पौडेलले बताउनुभयो ।
निगमसँग हाल ७१ हजार किलोलिटर भण्डारण क्षमता छ । तर, वार्षिक इन्धन खपत १५ देखि २० प्रतिशतले बढ्दै गएको छ । निगमसँग काठमाडौँ, अमलेखगञ्ज, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी र दिपायलका भण्डारणगृह गरेर ७१ हजार ६२२ किलोलिटर मौज्दात राख्ने क्षमता छ । यी स्थलमा पेट्रोल पाँच हजार १८४ किलोलिटर, डिजेल ४२ हजार ४०० र हवाई इन्धन आठ हजार ४०० किलोलिटर भण्डारण क्षमता छ ।
क्याटेगोरी : समाचार
ट्याग : #इन्धनको ढुवानी
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्