प्रहरीकै फेसबुक पेजमा अस्लील तस्बिर पोस्ट हुन थालेपछि …

जिल्ला प्रहरी कार्यालय गोरखाको नाममा रहेको फेसबुक फेजमा अस्लील तस्बिरहरु पोष्ट भएको पाइएको छ। पेजको प्रोफाइल पिक्चर र टाइमलाइन पिक्चरमा समेत अस्लील तस्बिर पोष्ट भएको भेटिएको हो।
सोमबार साँझदेखि देखा पर्न थालेको सो अस्लील तस्बिर मंगलबार बिहानसम्म पनि यथावत रहेको छ। सो पेज सन् २०१६ देखि सक्रिय थिएन। सोमबार एक्कासी अस्लील तस्बिरसहित सक्रिय भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयको नाममा रहेको फेसबुक पेज अरुले चलाएको हुनसक्ने जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले जानकारी दिए। ‘पेजमा यस्तो देखिएपछि तनाब हुन थालेको छ। रातभरि सुत्न पनि पाएको छैन’, एसपी रावलले भने, ‘विभिन्न ठाउँबाट फोन आइरहेका छन्। हामी निरन्तर त्यसलाई हटाउन र कसले यस्तो गर्यो भनेर पत्ता लगाउन लागिपरेका छौं।’ सिआईबीको समेत प्रयोग गरिएको उनले बताए।
यसअघि जिप्रका गोरखामा कार्यरतमध्य कसैले खोलेको सो पेजको पासवर्ड थाहा नहुँदा समस्या भएको उनले बताए। ‘कसले पेज खोलेको थियो, त्यो मान्छे पनि पत्ता लगाउन सकिएको छैन’, उनले भने।
अन्नपूर्णपाेष्टबाट
क्याटेगोरी : समाचार
ट्याग : #hot, #अस्लील तस्बिर
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ८राष्ट्रिय एकता
तपाईको कमेन्ट लेख्नुहोस्