अर्घाखाँचीमा पुष्पा भुसाल र टोप बहादुर रायमाझीबीच कडा प्रतिस्पर्धा

अर्घाखाँची । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लागि एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा नेकपा एमालेका सचिव टोप बहादुर रायमाझी र नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसालबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
२०६४ सालको संविधानसभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नम्बर १ बाट रायमाझी र क्षेत्र नम्बर २ बाट भुसाल निर्वाचित हुनुभएको थियो ।
रायमाझीले त्यस यताका सबै निर्वाचन जित्दै आउनुभएको छ भने भुसालले २०७० सालको निर्वाचनमा नेकपा एमालेका दुमन थापासँग हार व्यहोर्नु भएको थियो । २०७४ सालमा भुसाल प्रत्यक्ष निर्वाचन नलडेर समानुपातिकमा बस्नुभयो ।
११ जना संघीय उम्मेदवार रहे पनि जिल्लामा दुई जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
करिब १० वर्षपछि प्रत्यक्ष चुनाव लड्न लाग्नुभएकी भुसाल र १५ वर्षदेखि निरन्तर सांसद रहँदै आउनुभएका रायमाझी पहिलो पटक आमनेसामने हुन लाग्नुभएको छ । २०७४ सालको निर्वाचनमा एमालेसँगको तालमेलमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित रायमाझी र काङ्ग्रेसबाट समानुपातिक सांसद बन्नुभएकी भुसाल पहिलो पटक सङ्घको निर्वाचनमा प्रतिस्पर्धामा हुनुहुन्छ ।
गठबन्धनकी उम्मेदवार भुसालले हालसम्म प्राप्त उपलब्धिको रक्षा गर्न सके मात्र आगामी भविष्य निर्धारण हुने भएकोले संविधान जोगाउँदै देशलाई आर्थिक रुपान्तरणको बाटोमा लैजान सकिने बताउनुहुन्छ । उपसभामुखसम्म बन्नुभएकी भुसालका सन्दर्भमा संविधान बनाउन भूमिका खेलेको भएपनि विकासमा खासै चाँसो नदिएको आरोप लाग्दै आएको छ ।
मुख्य प्रतिस्पर्धी मानिएका भुसाल र रायमाझीको चुनावलक्षित कार्यक्रमले तीव्रता पाउँदै जाँदा कसले बाजी मार्ने भन्ने रोचकता बढ्दै गएको छ ।
लगातार तिन पटक निर्वाचन आफ्नो पक्षमा पारिसकेका रायमाझी चौथो जित निकाल्दै अपराजित यात्रा कायम राख्ने कसरतमा हुनुहुन्छ भने अर्घाखाँचीबाट एक मात्र महिला उम्मेदवार रहेकी भुसाल गठबन्धनको साख जोगाउँदै रायमाझीको अपराजित यात्रालाई पूर्णविराम लगाउने दाउमा हुनुहुन्छ ।
रायमाझीले पुराना अधुरा काम पूरा गर्न तथा नेकपा एमालेसँग मात्र राष्ट्र बनाउने भिजन भएकाले आफ्नो जित आवश्यक भएको बताउँदै आउनुभएको छ । नेतृत्वमा रहँदा चार पटक मन्त्री तथा उप प्रधानमन्त्री समेत भई सक्नुभएका रायमाझीले उल्लेख्य काम गर्न नसकेको गुनासो छ ।
अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यका लागि ११ जना, प्रदेश सभा क का लागि ७ र प्रदेश सभा ९ख० का लागि ७ जना उम्मेदवार रहेका छन् ।
गएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यहाँ गठबन्धन करिब पाँच हजार ५ सय मतले अगाडि छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोप बहादुर रायमाझी, #पुष्पा भुसाल, #पुष्पा भुसाल र टोप बहादुर रायमाझीबीच कडा प्रतिस्पर्धा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्