कमिसनखोर मालपोत हाकिमलाई मत्रीको धाप

भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले मालपोत कार्यालय अनुगमन गर्दै आएकी छन् । उनले अनुगमनका क्रममा चावहिल मालपोत कार्यालय अर्कै भवनमा सार्न निर्देशन दिएको समाचार सार्वजनिक भयो ।
मन्त्रीले सेवाग्राहीलाई छिटोछरितो सेवा दिए नदिएकोबारेमा चासो राख्नु स्वभाविक भए पनि कार्यालय भवन सार्न निर्देशन दिएको बिषयले चावहिल मालपोत कार्यालयका कामु कार्यालय प्रमुख पदम अर्याललाई ‘के खोज्छस् ‘ आँखो’ भएको छ ।
मन्त्री अर्यालले चावहिल मालपोत कार्यालय आफ्नै भवनमा सार्न निर्देशन दिएको भए त्यसलाई स्वभाविक मान्न सकिन्थ्यो । तर अर्को भाडाको घर खोजेर सार्न निर्देशन दिएपछि कार्यालय प्रमुख पदम अर्याल अहिले धुईपत्ताल भवनको खोजीमा जुटेका छन् । नयाँ कार्यालयका लागि भवन खोज्ने क्रममा उनीहरुले कमिसनको मोलमोलाई गर्दै आएका छन् ।
कार्यालय प्रमुख पदम अर्याल र खरिदार लक्ष्मण बस्नेत अहिले मालपोत कार्यालयका लागि भवनको खोजीमा जुटेका छन् । उनीहरुले ५० प्रतिशत कमिसन दिने घर खोजी गर्दै आएका छन् । भूकम्पभन्दा अघि नै मालपोत कार्यालय चावहिलको गंगाहिटीको घर भत्किएपछि हालको भवनमा सारिएको थियो । गंगाहिटीमै मालपोत कार्यालयको भवन छ ।
तर, मन्त्री अर्यालले आफ्नो भवनमा मालपोत सार्नका लागि निर्देशन दिनुपर्नेमा भाडाको घर खोज्नू भनेपछि कामु कार्यालय प्रमुख पदम अर्याललाई कमिसन खान सहज भएको हो ।
उनी मन्त्रीको नाम लिंदै भवन भाडामा कमिसनको बार्गेनिङ गरिरहेका छन् । मालपोत कार्यालय आफ्नै भवनमा सार्दा मासिक रुपमा २ लाख रुपैयाँ सरकारी कोषको रकम बचत हुन्छ ।
तर, मन्त्रीले नै आफ्नो भवनमा कार्यालय नसारी भाडामा सार्नू भनेपछि कार्यालय प्रमुख पदम अर्यालको कमिसन खाने बाटो खुल्ला भएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पदमा अर्याल\, #मालपोत कार्यालय
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्