Techie IT
बिहीबार, असोज १५,२०७७

जन्ती वोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु


चितवन, जन्ती वोकेर रत्ननगरबाट माडीतर्फ जाँदै गरेको बस  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार ११ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा माडी नगरपालिका–२ का २४ वर्षीय मिथुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बस माडी नगरपालिका–१ बन्कट्टामा ना७ख २२८ नंको बस अनियन्त्रित हुँदा पल्टिएको थियो । चौधरीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । चालक फरार छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #बस दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
24°
Mostly Cloudy
05:1419:03 +0545
error: कपि गर्न सख्त मनाही छ !!