थप अधिकारका लागि सङ्घर्ष गरौँ–महिला नेत्री

विभिन्न राजनीतिक दलका नेत्री तथा महिला सांसदहरुले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि सम्पूर्ण महिला एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।
१०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को सन्दर्भमा यहाँ आज आयोजित साक्षात्कारमा सांसद उमा रेग्मीले राज्यका हरेक संरचनामा व्यावहारिक रुपमा महिलाको समान सहभागिताको माग गर्नुभयो । “८ महीनासम्म एउटा बलात्कारी किन पक्राउ परेन ? सरकारले नचाहेको हो, नसकेको होइन”, सांसद रेग्मीले भन्नुभयो । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धको आधार’ भन्ने मूलनाराका साथ आज देशैभरी विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
कार्यक्रममा राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए पनि त्यो प्रर्याप्त हुन नसकेको गुनासो गर्नुभयो । उहाँले आरक्षण ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको उल्लेख गर्दै स्थानीय निकायमा प्रमुख जति सबै पुरुष र उपप्रमुखजति सबै महिलालाई दिइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
नेकपाकी नेत्री तथा सांसद शान्ता चौधरीले निर्मला हत्याकाण्डका अपराधी पत्ता लगाउनु सरकारको प्रमुख मुद्दा भएको बताउँदै बलात्कारी पत्ता लाग्नेमा शङ्का नगर्न आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्