Techie IT
बिहीबार, असोज २०,२०७९

अनामनगर क्षेत्रका अवैध संरचना भत्काइयो


काठमाडौँ ।  काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई तीव्रता दिएको छ ।

महानगरले शुक्रबार काठमाडौंको अनामनगर क्षेत्रमा रहेका अवैध संरचना डोजर लगाएर भत्काएको हो । सो क्रममा महानगरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले सार्वजनिक जग्गामा पर्खाल बनाएको भन्दै डोजर लगाएको छ । सार्वजनिक जग्गामा संरचना बनाएको गुनासो आएपछि पर्खाल भत्काएको र सो क्षेत्रका अन्य अवैध र अनधिकृत संरचना हटाइने काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

नक्सा विपरीत बनेका र सार्वजनिक स्थानमा बनेका संरचनालाई भत्काउने अभियान निरन्तर चल्ने महानगरले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #अनामनगर क्षेत्रका अवैध संरचना भत्काइयो, #काठमाडौँं महानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
19°
Light Rain with Thunder
5:58 am5:44 pm +0545