Techie IT
बिहीबार, असोज २०,२०७९

पश्चिम नवलपरासीमा डिएसपी आतंक


 

काठमाडौं । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका इन्चार्ज प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेल अहिले बिदामा छन् । एसपी बिदामा भएको मौकामा निमित्त इन्चार्जको जिम्मेवारीमा रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी)ले आतंक मच्चाएका छन् ।

एसपी कँडेल बिदामा हुँदा निमित्तको जिम्मेवारीमा छन्, डिएसपी भोजराज पाण्डे । पाण्डेले मातहतका युनिटसँग पैसा माग्ने र रकम नबुझाउनेलाई दुःख दिने गरेको गुनासो माथिल्लो निकायसम्म पुगेको छ ।

पाण्डेले नाकामा रहेका युनिट रामनगर, पथपेडा, बसिया, भुजवा, गेर्मु, अमिनीजङ्ग र चनै लगायतका चौकी इन्चार्जलाई हैरानी दिने गरेका हुन् ।

‘उँहाले पैसा माग्नुहुन्छ’ एकजना प्रहरी कर्मचारीले भने–‘पैसा नदिए चेन्ज गर्छु भन्नुहुन्छ ।’

यसबारे सम्पर्क गर्दा डिएसपी पाण्डेले आफुले राम्रो काम गर्न निर्देशन गरेको जिकिर गरेका छन् । डिएसपी पाण्डेले भने–‘मैले राम्रो काम गर्न ब्रिफिङ गरेको छु ।’                     डीएसपी पाण्डेको जागिर समय करिब १ बर्ष जति बाकी छ। घर जाने मौका छोपेर पाण्डे कमाउनतिर लागेका स्रोत बताउछ।


क्याटेगोरी : समाचार
ट्याग : #पश्चिम नवलपरासीमा डिएसपी आतंक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
19°
Light Rain with Thunder
5:58 am5:44 pm +0545