Techie IT
बिहीबार, असोज २०,२०७९

कपिलवस्तुको कृष्णनगरबाट एक जना लागूपदार्थसहित पक्राउ


कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट एक जना लागूपदार्थसहित पक्राउ परेका छन् । उनी झोलाभित्र लुकाई राखेको चरेस जस्तो देखिने कालोपदर्थ सहित पक्राउ परेका हुन् ।

उनीसँग झोला सहित ३.९ किलोग्राम चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरिएको बिओपी कृष्णनगरले जनाएको छ ।

सशस्त्र प्रहरी बल (ओपी) कृष्णनगर प्रहरी निरीक्षक जोगेन्द्र केसीको कमान्डमा खटिएको टोलीले शनिबार साँझ करिब ४ बजे कृष्णनगर नगरपालिका – ३  लक्ष्मीनगरबाट पक्राउ गरेको हो । दाङ जिल्लाको घोराही उप–महानगरपालिका–१० नरैनापुर बस्ने २७ वर्षीय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका डिएसपी मेघराज जोशीले जानकारी दिनुभयो ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार
ट्याग : #कपिलवस्तुको कृष्णनगरबाट एक जना लागूपदार्थसहित पक्राउ, #लागूपदार्थसहित पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
19°
Light Rain with Thunder
5:58 am5:44 pm +0545