रोटरी,रोट्रयाक्ट र युनि क्याम्पस ग्लोबलको संयुक्त आयोजनामा दमौलीमा दोस्रो होली महोत्सव हुदै

तनहुँ संवाददाता
तनहुँ, ४ फागुन- दमौलीमा दोस्रो होली महोत्सव हुने भएको छ । आगामी चैत ६ गते फागुपुर्णिमाको अवसरमा रोटरी क्लब अफ दमौली , रोट्रायाक्ट क्लब अफ दमौली र युनि क्याम्पस ग्लोबल (वैदेशिक शिक्षा परामर्शदाता) को संयुक्त आयोजनामा दमौलीमा होली महोत्सव गर्न लागिएको हो ।
होली महोत्सवका बारेमा जानकारी गराउन शनिवार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
एक आपसमा रंग आदानप्रदान गर्दै फागुपुर्णिमाको शुभकामना अादान प्रदान गर्ने र सामाजिसद्भावलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको रोटरी क्लब अफ दमौलीका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले बताए । मनोरञ्जनको माध्यमबाट समेत स्थानीय व्यापार व्यवसायको प्रवद्र्धनमा टेवा पुग्ने हुँदा होली महोत्सव अायोजना गर्न लागिएको श्रेष्ठले प्रष्ट पारे ।
सो अवसरमा विभिन्न रमाइला खेलकुद प्रतियोगिता समेत सञ्चालन गर्ने आयोजकले जानकारी गराएको छ । होलीको दिन रंगसँगै घइटो फुटाई, डोरी तान्ने, बास्केट बल लगायतका खेलहरु पनि महोत्सवमा समाबेश गरिने छ । होलीलाई विशेष बनाउनका लागि स्थानीय जातजातीका सांस्कृतिक कार्यक्रमलाई पनि समावेश गर्ने श्रेष्ठले बताए । १४ घण्टा सम्म चल्ने यस कार्यक्रममा पुरै डिजेको म्युजिक दिनै भरि हुनेछ । पानीको फोहोरा समय समयमा ठाउँ ठाउँमा अाउने हुँदा महोत्सवमा थप आकर्षण बढने आयोजकको दाबी छ ।
कार्यक्रम सम्पन्न गर्न करीब ७ देखी ८ लाख लाग्ने अनुमान गरिएको रोट्रयाक्ट क्लब अफ दमौली अध्यक्ष बिपिन श्रेष्ठ जानकारी दिए । अघिल्लो वर्ष होली महोत्सव रोट्रयाक्ट क्लब अफ दमौलीले मात्र गरेको थियो भने यस वर्ष रोटरी र रोट्रयाक्टले संयुक्त रुपमा गर्ने भएको हो ।
दोस्रो रोटरी रोट्रयाक्ट होली महोत्सवमा निशुल्क प्रवेशको व्यवस्था रहेको रोट्रयाक्ट क्लबका अागामी वर्षका अध्यक्ष मनोज राउतले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #रोटरी, #रोट्रयाक्ट
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्