लगनखेल बसपार्कमा शाही युवा शक्तिको बृहत आमसभा

शाही युवा शक्ति नेपाल ललितपुर जिल्ला कार्य समितिको आयोजनामा ललितपुर, लगनखेल बसपार्कमा बृहत आमसभा सम्पन्न भएको छ । वर्षाका वाबजुत पनि दिउसो १ बजेबाट सुरु भएको कार्यक्रम ५ बजेसम्म चलेको थियो ।
पुरानो राष्ट्यि गीत ‘श्रीमान गम्भिर……’ बजाएर कार्यक्रमको सुरुवात गरेको थियो । हिन्दू राष्ट्र र राजतन्त्रको माग सहित आयोजना गरिएको आम सभालाई केन्द्रिय अध्यक्ष पशुपति खड्का, ललितपुर जिल्ला अध्यक्ष रुपेश डङ्गोललगायतले सम्बोधन गरेका थिए ।
संस्थाका केन्द्रिय सदस्य राजकुमार महर्जनको संयोजकत्वमा सम्पन्न कार्यक्रममा हाँस्य कलाकार तथा लोक दोहोरी गाएक धनराम मुस्कान, वर्षा सिल्वाल, गोबिन्द दुलाल, दीपक रमण, मित्र केसी, ओजश्री झालगायतले आ-आफ्नो प्रस्तुति मार्फत उपस्थित स्रोताहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा देश भक्तिका गीत, सङ्गीत बढी गुञ्जिएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष पशुपति खड्काले ‘७६ बैशाख १ गते राजा पुन राजगद्दीमा बसि श्रीपेच लगाउने र हिन्दू राष्ट्र पनि कायम हुने छ’ भनेका थिए ।
असिना सहितको दर्केझरीमा पनि सभास्थलमा मानिसको बाक्लो उपस्थितिका कारण ट्राफिक ब्यबस्थापनमा प्रहरीलाई हम्मे हम्मे परेको परेको थियो । कार्यक्रम संचालन चर्चित सन्चारकर्मी प्रदीप सिंह थापाले गरेका थिए कार्यक्रम संयोजक राजकुमार महर्जन रहेको कार्यक्रममा हास्य कलाकार तथा लोक दोहोरी गाएक धनराम मुस्कान ,बर्षा सिलवाल,गोबिन्द दुलाल,दिपल रमन ,मित्र केसी ,ओज श्री झा लगाएतले देश भक्ती गीत संगीत प्रस्तुत गरेका थिए भने आकर्षक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्