प्रदेश सभा सदस्य योगेन्द्र संग्रौलाको अगुवाइमा १६ करोडको बजेट , यस्तो छ योजनाको बिवरण

राधेश्याम तिमलसिना ( पुकार)
प्रदेश सभा सदस्य योगेन्द्र कुमार संग्रौलाले काठमाडौ श्रेत्र नं ६ ख का लागी करिब १६ करोड रुपैया बिनियोजन गरेका छन ।
चुनाबमा जनता सामु गरेको बाचा अनुसार आफु सम्रग प्रदेश बिकाशमा लागी परेको र बिषेश गरि धर्मस्थली , साङ्गला , झोर , काभेस्थली भौगोलिक रुपमा बिगट रहेनुका साथै बिकाशमा समेत अत्यन्त पिछडिएको उनको कथन छ ।
समग्र प्रदेश बिकाशका निमितm संगा्रैलाको सक्रिय अगुवाईमा बिनियोजित सो रकम सम्भवत प्रदेशकै ठुलो रकम भएको जानकार बताउछन ।
यस्तो छ बिनियोजित बजेटको योजना
१.काभ्रेस्थली ठाटी चोकबाट कोइराला खोला सिम्लेश्वोर शान्तिधाम,देबिथान हदै जगात सम्म सडक स्तरोन्नती तथा कालोपत्रे -२ करोड
२.काभ्रेस्थली चौर निर्माण -२५ लाख
३.साङ्ला बिहानी चोकदेखी झोर सिमाना जाने बाटो बिस्तार तथा निर्माण -५० लाख
४.शुद्ध पिउने पानी स्वच्छ बिधालय कार्यक्रम कुन्चिप्वाकल मा.बि -१० लाख
५.जरन्खु पुल चिसापानी तिनपिप्ले सडक स्तोरन्न्ती -५० लाख
६.खुशी पार्क (लोकतान्त्रिक चोक )- ५० लाख
७.तारकेस्वर नगरपालिका १० खानेपानी योजना – ५० लाख
८. सामुदायिक भवन निर्माण (ता.न.पा ११) – ५० लाख
९.पिपलडाडा चौर खेलकुद मैदान निर्माण तथा जग्गा संरक्षण -७५ लाख
१०.महाङ्काल कमेरे खोला कुशल चौगाउ बाटो बिस्तार तथा निर्माण -५० लाख
११. टोखा न.पा ८ र ११मा खानेपानी योजना – ५० लाख
१२.टोखा न.पा मनोहर तिर्थघाट पुल निर्माण वडा नं ८ र ९ – ३ करोड
१३.तारकेस्वर टोखा िवषणुमति पुलबाट छ्न्त्याल चोक,मानसिह स्कुल,न्याय परिषद वासुकी टोल हुँदै फुटुङ जाने सडकको स्तोरन्न्ती तथा कालोपत्रे गर्ने कार्य – २ करोड
१४.बिष्णुमति खोला सडकपुल,घले पुल तारकेस्वर नगरपालिका – २ करोड
१५. बौडेस्वर उच्च मा बि टोखा १- २० लाख १६.ग्रामीण आदर्श बहुमुखी क्याम्पस -१५ लाख १७.कमेरे खोला नियन्त्रण कार्य ता.न.पा ६ – २० लाख
प्रदेश नं ३ को आ।व। २०७५÷०७६ को बजेट अनुसार कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण, पर्यटन प्रवद्र्धन र विकास, उर्जा र पूर्वाधार विकास, स्वास्थ्यमा सरल र सहज पहुँच, शिक्षाको गुणस्तर विकास, वन र वातावरण संरक्षण, शान्ति सुरक्षा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार, औद्योगिकरणको विकास र उत्पादकत्व वृद्धि, साझेदारी कार्यक्रम सञ्चालन, एकीकृत वस्ती विकास लगायतका विषयलाई प्राथमिकतामा राखिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए ।
कुल विनियोजनमध्ये चालुतर्फ रु। १३ अर्व ८६ करोड २५ लाख ९१ हजार अर्थात ३८।९२ प्रतिशत, पूँजीगततर्फ रु।२१ अर्व ७५ करोड ३० लाख ९ हजार अर्थात् ६१।०८ प्रतिशत रहेकोछ । बजेटले प्रदेशको गौरव योजनाको रूपमा रहेको रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, सिन्धुली र काभ्रेपलान्चोक जोड्ने पुष्पलाल प्रदेश चक्रपथको सम्भाव्यता अध्ययन र पोष्ट बहादुर बोगटी भिमफेदी – कुलेखानी सुरुङ मार्ग र नुवाकोटको गणेस्थान—वेत्रावती सुरुङ मार्गको सम्भाव्यता अध्ययन तथा डिपिआरका निर्माण कार्यलाई प्राथमिकतामा राखेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #योगेन्द्र कुमार संग्रौला
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्