नेकपाको राजनीतिक प्रतिवेदन गायबः अध्यक्षद्वय ओली र प्रचण्डबीच नै मनमुटाव

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीभित्र राजनीतिक प्रतिवेदनको खोजी शुरु भएको छ । स्थायी समिति बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित प्रकाशित गर्ने निर्णय गरेको एक महिना बितिसक्दा पनि राजनीतिक प्रतिवेदन सार्वजनिक हुन सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसून रायमाझीले लेखेका छन् ।
गत मंसिर २९ गतेबाट शुरु भएको स्थायी समितिको बैठक पुस ९ गते सकिएको थियो । बैठकले अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जन गर्न सुझाव दिएको थियो । सुझावलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले स्वीकार गर्नुभएको थियो ।
स्थायी समिति बैठकले गरेको निर्णयअनुसार राजनीतिक प्रतिवेदन सचिवालयमा पेस गर्नुपर्ने भएपछि अध्यक्षद्वयले प्रतिवेदनलाई अझै पूर्णता दिन सक्नुभएको छैन ।
शीर्ष नेतृत्वमा देखिएको विवादका कारण पार्टीको सांगठनिक एकता प्रक्रिया लम्बिदैँ आएको छ भने राजनीतिक प्रतिवेदनले समेत पूर्णता पाउन सकेको छैन । स्थायी समितिको बैठकमा नेताहरुले अध्यक्षद्वयले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनको चर्को आलोचना भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपाको राजनीतिक प्रतिवेदन
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्