ललितपुर ५ मा एकै दिन तीन महत्वपूर्ण कार्यक्रम सम्पन्न

ललितपुर महानगरपालिका वडा नम्बर पाचमा माघ २६ गते तीन वटा महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन । भिन्न भिन्न ठाउँमा आयोजना भएका उक्त कार्यक्रमको समानता एउटै थियो, त्यो के भने, वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रमको अायोजना । शनिबार आयोजित कार्यक्रममा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम, आत्म रक्षा तालिम समापन कार्यक्रम र सोही वडा स्थित दक्षिणकाली टोल विकास संस्थाको वार्षिक साधारणसभा रहेका छन ।
बाल प्रतिभा प्रस्फुटन कार्यक्रम बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समिती – ५ र ललितपुर महानगर स्थित लगनेश्वर बाल समूह र बाल प्रतिभा समूहको सयुक्त आयोजनामा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम सप्पन्न भए छ । अक्सब्रिज कलेज प्राङणमा आयोजित सो कार्यक्रममा करिब १५० बालबालिकाले उपस्थिती जनाएका थिए । कार्यक्रममा बालबालिकाहरुले नाच, गीत नाटक आदी प्रस्तुत गरेका थिए ।
सोही अवसरमा प्रतिभा प्रस्तुत गर्ने बालबालिका लगायतलाई कार्यक्रमका प्रमुख अतिथी ललितपुर-५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले कदर पत्र वितरण गरेका थिए । कदर पत्र वितरण पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले बालबालिका भनेका भबिस्यका कर्णधार भएको अौल्या दै बालबालिका माथिको राज्यको लगानी भोलीको समुन्नत नेपाल निर्माणको आधारशीला रहेको बताए ।
कार्यक्रममा वडा सदस्य शोभादेवी श्रेष्ठ, पुनम निरौला, अशोक श्रेष्ठ, मैया रिजाल र आयोजक बाल समुह संस्थाका तर्फबाट अध्यक्षद्वय बिपिन रिजाल र अभिशेक दियालीले मन्तब्य धारणा राख्दै बालअधिकार प्रवर्धनका निम्ती यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आसय ब्यक्त गरेका थिए ।
आत्मरक्षा तालिम कार्यक्रम ललितपुर महानगर पालिका वडा नम्बर ५ को सहयोग , श्री महालक्ष्मी टोल बिकास संस्थाको आयोजना र थसिखेल महिला समुहको सह आयोजनामा सम्पन्न २५ दिने आत्मरक्षा तालिमको समापन कार्यक्रम माघ २६ गते सप्पन्न भएको छ । वूडभिल्ला स्कुल परिसरमा अायोजित सो कार्यक्रममाझमा तालिम हासिल गर्ने नारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी ललितपुर-५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले प्रमाण पत्र वितरण गरेका थिए । प्रमाण पत्र वितरण पस्चात कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले स्थानिय स्तरमा नारीहरुलाई आत्म रक्षा तालिम दिईनु स्वागत योग्य रहेको बताउँदै यस्ता तालिमले नारीहरुको आत्मबिश्वासलाई बढवा दिन अझ मद्घत पुग्ने राय पेश गरेका थिए ।
कार्यक्रममा आयोजक संस्था श्री महालक्ष्मी टोल बिकास संस्थाका अध्यक्ष रमेश शाक्य र सह आयोजक संस्था थसिखेल महिला समुहका अध्यक्ष वसन्ती रिजालले आत्म रक्षा तालिममा ३५ जना नारीको सहभागिता रहेको बताउदै उक्त तालिमको आयोजनाले नारीहरुलाई आत्मबल प्रदान गरेको बताए । दक्षिणकाली टोल विकास संस्थाको वार्षिक साधारणसभा कार्यक्रम दक्षिणकाली टोल विकास संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
माघ २६ गते आयोजित उक्त कार्यक्रममा टोलवासीको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै ललितपुर वडा नम्बर ५ का अध्यक्ष विकासमान श्रेष्ठले टोल विकास संस्थाको गतिशिल भूमिकाले वडा र समग्र नगर क्षेत्रको विकासमा टेवा मिल्न जाने धारणा राखेका थिए । दक्षिणकाली टोल विकास संस्थाका अध्यक्ष राधा कृष्ण श्रेष्ठले सभापतिको आसनबाट बोल्दै टोलको बिकास प्रकृयामा सबैको साथ आवश्यक रहने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #ललितपुर ५
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ४आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ५चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ६राष्ट्रिय एकता
- ७कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
- ८झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
तपाईको कमेन्ट लेख्नुहोस्