संखुवासभा अलैंची जोन सञ्चालक समितीको संयोजकमा शेर्पा

संखुवासभा – २७ भदौ – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई संखुवासभा अलैंची जोन सञ्चालक समितीको संयोजकमा पासाङ शेर्पा सर्वसम्मत चयन भएका छन् । आइतबार बसको जोन समन्वय समितीको बैठकले ९ सदस्यीय समिती गठन गरेको छ ।
शेर्पाको संयोजकत्वमा ९ सदस्यीय अलैंची जोन सञ्चालक समिती गठन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई संखुवासभाका प्रमुख लक्ष्य चौधरीले जानकारी दिए । विधान र निर्देशिका अनुसारनै जोन सञ्चालक समिती गठन गरिएको प्रमुख चौधरीले बताए । अलैंची जोन सञ्चालक समितीको कार्यकाल २ बर्ष रहने प्रवधान छ । अलैंची जोन कार्यक्रम संखुवासभा र भोजपुर जिल्लाको २२ सय ७६ हेक्टरमा सञ्चालनमा छ । जोन सञ्चालक समिती गठन जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यको उपस्थितीमा भएको थियो ।
बैठकमा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्य भने जोनलाई सुपर जोन बनाउन लागि पर्नु पर्ने बताए । राजनैनिक पस्थितीका अलैंचीाई सुपर जोन बनाउन ढिलाइ भएको प्रमुख शाकयले बताए । मंसिर पछिको नयाँ नेतृत्व आएपछि सुपर जोन बनाउन सबै क्षेत्रले पहल गर्नु आवश्यक भएको प्रमुख शाक्यले बताए ।
संखुवासभाका १० स्थानीय तहका ३२ वडा र भोजपुरका छ स्थानीय तहका ३० वडाहरुमा अलैंची जोन कार्यक्रम सञ्चालनमा छ । खेती बिस्तार गर्दै कृषकले उत्पादन गरेको अलैंचीको बजार व्यवस्थापन र भण्डारण गर्ने लक्ष्यले अलैंची जोन कार्यक्रम ल्याइएको प्रमुख चौधरीले बताए । अलैंचीका लागि धर्मदेवी, मादी, चैनपुर, पाँचखपन, खाँदबारी नगरपालिका र सभापोखरी, चिचिला, सिलिचोङ, मकालु, भोटखोला गाउँपालिकालाई पकेट क्षेत्र मानिएको छ । अलैंचीको भाउमा आएको भारी गिरावट र अलैंचीमा लाग्ने रोग गर्दा किसान झन् मारमा पर्ने गरेका छन् ।
क्याटेगोरी : वातावरण-कृषि, समाचार
ट्याग : #कृषि, #संखुवासभा अलैंची जोन
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्