टोखामा जुवा तास खेलिरहेका १२ जना पक्राउ

१९ माघ, काठमाडौं । काठमाडौंको टोखास्थित एक होटलमा जुवा तास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
टोखा नगरपालिका वडा नम्बर ९ मिलनटोलस्थित सरस्वती आलेमगरले सन्चालन गरेको होटल हाईवेबाट ११ पुरुष र एक महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
होटलको कोठा नम्बर २०१ मा जुवा तास तथा कौडा खेल्ने र खेलाउने काम भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंको नेतृत्वमा टोली परिचालित भएको थियो । सो टोलीले शुक्रबार राति ११ः४५ बजे २ लाख २० हजार ७०५ नगद, तीन बुक तास र कौडासमेत बरामद गरी १२ जनालाई पक्रेको हो ।
पक्राउ पर्नेहरुमा राजु गुरुङ, अभिषेक तामाङ, सन्त कुमार मोक्तान, तारा कुमार श्रेष्ठ, साजन वि.क., बुद्धराज थेबे, विमल मगर, सनम राई र शान्ति तामाङ छन् । उनीहरुलाई जुवा खेल्न तथा सट्टाबाजी गर्न नहुने कसुर सम्बन्धी मुद्दा अन्तर्गत अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखाको जुवा खाल
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४तारकेश्वर मनमैजुबाट ५ बर्षको बालक हराए , खोजी कार्यका लागी सबैमा अनुरोध
- ५बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ६प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ७गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ८टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
तपाईको कमेन्ट लेख्नुहोस्