दोस्रो मिस्टर एण्ड मिस रोट्र्याक्टका लागि यूनिक्याम्पस ग्लोबलमा अडिशन सम्पन्न

सरोज ओझा
रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल तथा भुटानले आयोजना गर्ने दोस्रो संस्करणको मिस्टर र मिस रोट्र्याक्टका लागि काठमाडौंमा अडिशन सम्पन्न भएको छ ।
रोट्र्याक्ट क्लब अफ कान्तिपुरको ब्यवस्थापनमा शनिबार पुतलीसडक स्थित यूनिक्याम्पस ग्लोबलमा अडिशन सम्पन्न भएको हो ।
५ शहरबाट अडिसनमा करिब २०० जनाको सहभागिता अडिशनमा सहभागीहरुको छनौट नतिजा एक हप्तापछि मुख्य आयोजकले काठमाडौंबाट सार्बजनिक गर्नेछ । शनिबार नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा, भैरहवा, इटहरी र चितवनमा एकै समयमा अडिसन सम्पन्न भएको छ । उक्त अडिशनमा कुल २०० जनाको सहभागिता रहेको थियो ।
देशैभरीबाट ७२ प्रतिस्प्रर्धी छनौट हुने प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा फाल्गुन २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न हुने आयोजकले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मिस रोट्र्याक्टका
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्