दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा फोटो पत्रकार महासंघ नुवाकोट गठन

नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा गठन भएको छ । नुवाकोटको सदरमुकाम विदुरमा बुधबार आयोजित विशेष भेला विच टिभी त्रिशुलीका दिपेन श्रेष्ठ अध्यक्षमा र केदार ढकाल सचिवमा, टिभी टुडेका प्रमिला सुनार कोषाध्यक्षमा, सदस्यहरुमा ध्रुवकुमार रावल ,त्रिशुली खबर साप्ताहिक, सरोज गिरी ९उत्तरगया दैनिक० र कोपिला अर्याल ,मिक्स एफएम रहेका छन् ।
शाखा गठन कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघका उपाध्यक्ष हरिप्रसाद रेग्मी, महासचिव सागर श्रेष्ठ, सचिव बालकृष्ण थापा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, सचिव जगदीश खनाल, प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य शिव देवकोटा, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य देवचन्द्र भट्ट, प्रेस सेन्टर नुवाकोटका अध्यक्ष रामहरी गजुरेललगायत क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #पत्रकार महासंघ नुवाकोट
धेरै पढिएका
- १तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- २बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ३प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ४विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
- ५राजधानीमै रोमाञ्चक नागार्जुनको जिप सफारी
- ६तारकेश्वरका प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई ४४ लाखको भ्रष्ट्रचार मुद्धा
- ७आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले यस्तो लेखेका थिए
- ८पठन संस्कृतिको ह्रासः अल्पज्ञानी हुँदैछ नेपाली समाज
तपाईको कमेन्ट लेख्नुहोस्