स्वयम् सेवाको महत्वलाई आत्मसात गर्नसके देशले काचुली फेर्छ : अध्यक्ष श्रेष्ठ

स्वयम् सेवाको महत्वलाई आत्मसात गर्नसके देशले काचुली फेर्छ : अध्यक्ष श्रेष्ठ ललितपुर, २८ – ललितपुर महानगरपालिका ०५ नम्बर वडाका अध्यक्ष विकासमान श्रेष्ठले स्वयम् सेवाको महत्वलाई आत्मसात गर्नसके देशले काचुली फेर्ने बताएका छन ।
ललितपुर महानगरपालिका ०५ नम्बर वडा स्थित वडा स्वास्थ्य कार्यन्वयन समितिको १९ औं वार्षिक साधारणसभा माझ उनले सो धारणा राखेका हुन । कार्यक्रममा बोल्दै उनले भने- ‘हामी सबैले स्वयम् सेवाको महत्वलाई आत्मसात गर्नुपर्छ, अनि मात्रै टोल, बस्ति हुँदै देशले काचुली फेर्नेसक्छ.’ । महिला स्वास्थ्य स्वयमसेविकाहरुले खेल्दै आएको भूमिका त्यसको ज्वलन्त प्रमाण भएको उनले जिकिर समेत गरे ।
ललितपुर महानगरपालिकाका जनस्वास्थ्य अधिक्रित सरिता महर्जनले ललितपुर महानगरपालिकाले महानगरवासीको जनस्वास्थ्यको सवाललाई निकै महत्वका साथ हेर्दै आएको बताउदै स्वास्थ्यसेवालाई सर्वसुलभ र सबैको पहुचमा पुर्याउने सन्दर्भमा महानगर निकै गम्भिर रहेको पनि बताईन । कार्यक्रममा वडा स्वास्थ्य क्लिनिक इन्चार्ज एबम महिला सदस्य शोभा देवी श्रेष्ठले प्रगती प्रतिवेदन तथा आय-ब्यय विवरण प्रस्तुत गर्दै क्लिनिक मार्फत पछिल्लो एक बर्ष अवधीमा १७०० जनाले नि:शुल्क स्वास्थ्य उपचार सेवा पाएको बताईन ।
कार्यक्रममा अध्यक्षको आसनबाट बोल्दै वडा स्वास्थ्य कार्यन्वयन समितिका उपाध्यक्ष एबम् वडा सदस्य पुनम निरौलाले स्वास्थ्य स्वयमसेविकाको भूमिकाको प्रसम्शा गर्दै उनीहरुको त्यागले स्थानिय स्तरमा स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरु हासिल भैरहेको अौल्याईन । सोही अवसर माझ स्वास्थ्य कार्यक्रममा सहयोग पुर्याउने विभिन्न संघ संस्था एबम ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #स्वयम् सेवा
धेरै पढिएका
- १बिदा नपाएको भन्दै हेल्लो सरकारमा उजुरी, चितवन प्रहरीले भन्यो : गुनासो आउने बाताबरण नबनाउनु
- २समाजवादी मोर्चा घोषणा गरेको दोस्रो दिन काठमाडौमा नेकपा एसका नेता कार्यकर्ताहरुको बिद्रोह : जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश
- ३तारकेश्वरको सविन लाई साबेलले हानेर हत्या गरेका टिपर चालक सहित ४ जना जेल चलान , को को परे ?
- ४बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञवाली गण्डकी प्रदेश प्रहरी कार्यालयबाट नगदसहित पुरस्कृत
- ५प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ
- ६गोगबु चोकमा दिउँसै गाडीभित्रै लागु औषध खुवाएर महिलामाथी बलात्कार प्रयास , वडा अध्यक्ष घिमिरेको पहलमा उद्धार
- ७टोखा मालुङ्गमा सवारी दुर्घटना , ५ जना घाइते
- ८विमान दुर्घटना : तारकेश्वरका एकै परिवारका २ जनाको मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्