Techie IT
बिहीबार, असोज २०,२०७९

सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले बृद्धि


काठमाण्डौं । केहीदिन यता नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । बुधबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य दुई दिनमा नै १५०० रुपैयाँले बढ्दै ९६ हजार ८०० रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तोलामा ८०० रुपैयाँले बढेको थियो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ७०० रुपैयाँले नै बढ्दै ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिन स्थिर रहेकोमा आज तोलामा १० रुपैयाँले बढ्दै एक हजार २२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #आज सुनको मुल्य प्रतितोला ७०० रुपैयाँले बृद्धि, #सुनको मूल्य उकालो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
19°
Light Rain with Thunder
5:58 am5:44 pm +0545