रवि लामिछानेकी २ सन्तान सहितको पुर्वपत्नी भन्छिन- `जिवनभर धोका दियो´

“नमस्कार म ईशा लामिछाने, रवि लामिछानेको पुर्वपत्नी ।” म्यासेन्जरको आवाजसंगैको म्यासेज थियो । परिचयसहित रिप्लाई नहुँदै ईशाको म्यासेज आयो, “मसंग रविका बारेमा केही भन्नुछ तपाईले मिडियामा छापेर सहयोग गरीदिनुहुन्छ भने ।”
तुरुन्तै ईशाको फेसबुक वालमा नजानुको विकल्प थिएन् । केही पोष्टहरु थिए जस्ले ईशा र रवि लामिछानेको सम्बन्धलाई प्रष्ट्याउथे ।
रवि अर्थात उनै रवि जो अहिले सामाजीक सञ्जालमा छाईरहेका छन् । सिधा कुरा जनतासंग प्रशारणसंगै बेथीति र समाजका कर्तुतबारे चर्को आवाज गर्ने कार्यक्रम प्रस्तोता ।
३ करोड नेपालीका भगवान भनेर सामाजीक सञ्जाल फेसबुकतिर बनेका उनका नामका पेजबारे पनि अनविज्ञ छैन् । ईशा लामिछाने नाम गरेको केटीले एउटा म्यासेज गर्दैमा पत्याईहाल्ने कुरा पनि भएन । उनको म्यासेज यसरी आएको थियो कि त्यसको रिप्लाई मैले एउटा गर्न नपाउदै अरु थुप्रै कुरा उनले लेखीसकेकी हुन्थीन् । केही समयअघि मात्र नेपाल आएर अमेरीका उडीसकेकी ईशाले अमेरीकाबाट च्याटमा केही तस्विरहरु पठाएकी थिईन् ।
२५ बर्षअघि रवि र ईशाको बिहे भएको उनको भनाई छ । २३ बर्ष र १५ बर्षका दुईवटी छोरी ईशासंगै छन् । ईशाले बाउछोरीको फोटो पठाईन् । “मलाई झुक्काएर र दबाब दिएर अस्ति मंसिरमा डिभोर्स गरायो । उसको दबाबका कारण म नेपाल आएर डिभोर्स पेपरमा साईन गरेर मंसिरको १० गते अमेरीकाका लागि उडेँ ।” उनले थप प्रष्ट पारिन फोनमा ।
क्याटेगोरी : समाचार
ट्याग : #रवि लामिछाने
धेरै पढिएका
- १चितवन सहित ९ जिल्लामा एसपी सरुवाको तयारी सुरु, चितवनमा कस्ले मार्ला बाजी ?
- २नेपालटारमा ट्राफिक कार्यलयको उदघाटन
- ३आगामी तीन दिन देशभर हल्का वर्षा हुने
- ४चितवनका तीन जना घुमुवा प्रहरी मुख्यालय तानिए
- ५राष्ट्रिय एकता
- ६झोरमा राप्रपाको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम
- ७चितवनमा तीन जना प्रहरी घुस सहित पक्राउ
- ८कपिलवस्तुमा एसपी अधिकारीको सात महिने : अपराधीक गतिविधि शुन्य, तस्करहरू भागाभाग
तपाईको कमेन्ट लेख्नुहोस्